
काठमाडौँ – काठमाडौँ प्रहरी परिसर टेकुमा प्रदर्शन गर्ने २८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल मगर संघ र नेपाल तामाङ संघले परिसरअगाडि प्रदर्शन गर्ने क्रममा ढुंगामुढासमेत गरेकाेले उनीहरुलाई पक्राउ गरिएको हो।
अधिवक्ता भगवती पाण्डेले तामाङ र मगर समुदायप्रति लक्षित गरी विवाहबारे दिएको अभिव्यक्तिको विरोध जनाउँदै दुई संघले प्रहरी परिसरअगाडि प्रदर्शन गरेका हुन्।
ढुंगामुढा गर्दै परिसरकै कामकारबाहीमा अवरोध गरेपछि २८ जनालाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार पक्राउन पर्नेमा २२ जना पुरूष र ६ जना महिला छन्।
सुलभ श्रेष्ठ र बर्षा शाहका तस्बिरहरु: