बन्द भयो बिर्तामोडको विषादी मापन प्रयोगशाला, विषादीसहितका तरकारी सोझै भान्सामा

बन्द भयो बिर्तामोडको विषादी मापन प्रयोगशाला, विषादीसहितका तरकारी सोझै भान्सामा
+
-

झापा – पूर्वी नेपाल त्यस्मा पनि झापा भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा निर्भर छ । आन्तरिक उत्पादनले बजारको माग धान्न सकिरहेको अवस्था छैन ।

भारतबाट आयात गरिने तरकारी तथा आन्तरिक उत्पादनमा बालीमा लगाउने विषादीको अवशेष कति छ भनेर नाप्ने प्रयोगशाला अहिले बन्द अवस्थामा छ । प्रयोगशाला बन्द भएपछि भारतबाट आयात गरिएका तथा आन्तरिक कृषि उत्पाद सोझै सर्वसाधारणका भान्सामा पुग्ने गरेको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले अहिले प्रयोगशाला सञ्चालनका लागि कुनै पनि खर्च नपठाएपछि गत आइतबारदेखि प्रयोगशालामा तरकारीमा विषादी जाँच हुन सकिरहेको छैन ।

बिहीबार दिउँसो प्रयोगशालामा पुग्दा संघीय मन्त्रालयले खटाएका दुई जना कर्मचारी प्रयोगशालामा थिएनन् । बिर्तामोड नगरपालिकाले खटाएका दुई जना कर्मचारी कामबिहीन अवस्थामा प्रयोगशालामा बसेका थिए ।

बिर्तामोडको कृषि थोक बजार झापाको सबैभन्दा ठूलो र नेपाल सरकारले मुलुकका ११ स्थानमा सञ्चालन गरिरहेको क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो कृषि बजार हो ।

यहाँ भारतबाट आयातित तरकारी र फलफूल ल्याउने गरिएको छ भने पहाडी जिल्लाहरु इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादित सागसब्जी र फलफूल विक्रीका लागि किसान र व्यापारीले सोझै ल्याउने गरेका छन् ।

कृषि मन्त्रालय अन्तर्गत सञ्चालित उक्त विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईका कर्मचारीले आर्थिक अभाव देखाउँदै गत आइतबारदेखि सेवा बन्द भएको कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमल पौडेलले जानकारी दिए ।

उनले भने, ‘यो प्रयोगशाला बन्द भएपछि मात्र मैले थाहा पाएँ । मैले पनि कृषि विभागमा पत्र लेखेको छु । यो कुनै पनि हालतमा बन्द हुनु हुँदैन । कुन कृषि बस्तु खान योग्य भन्ने कुराको निर्क्योल हुनुपर्छ । जनताको स्वास्थ्यमाथि खेलबाड गर्न पाइँदैन ।’

उक्त प्रयोगशाला हरिबोल गजुरेल कृषि मन्त्री रहेका बेला बिर्तामोडमा स्थापना गरिएको थियो । प्रदेश १ मा एउटा मात्र बिषादी अवशेष मापन प्रयोगशाला भएकोमा त्यो पनि बन्द भएकोमा विषादीसहितका तरकारी तथा फलफूल खाइएला भन्ने सर्वसाधारणको चिन्ता छ ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?