कैदी सरुवा गर्ने विषयमा प्रशासन पछि हट्यो, झापा कारागारको स्थिति सामान्य

कैदी सरुवा गर्ने विषयमा प्रशासन पछि हट्यो, झापा कारागारको स्थिति सामान्य
+
-

झापा – तनावपूर्ण स्थिति बनेको झापा कारागारको अवस्था सामान्य बनेको छ । केदीको सरुवाको विषयमा प्रशासन पछि हटेपछि स्थिति सामान्य बनेको हो।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले कैदीको अन्यत्र कारागार सरुवाको विषय अहिलेलाई थाँती राखेपछि स्थिति सामान्य बनेको बताए।

उनले भने, ‘अहिले कैदी सरुवाको विषय स्थगित राखेपछि कारागारभित्रको अवस्था सामान्य बनेको छ ।’ झापा जिल्ला कारागारमा रहेका केही कैदीलाई सुनसरीमा रहेको झुम्का कारागार सरुवा गर्न लाग्दा झापा कारागारका कैदीबन्दीहरूले शुक्रबार विद्रोह गरेका हुन्।

 कारागारमा रहेका कैदी मनोज लावतीलगायत केही कैदीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा कारागारका कैदीबन्दीहरु आन्दोलनमा उत्रेका थिए।

कारागारभित्रै कैदी बन्दीहरूले टायर बालेर प्रदर्शन गरेका थिए । सरुवा गर्न कैदीलाई कारागार भित्र छिर्न नदिने कैदीबन्दीहरूले कारागारभित्रैबाट इँटा तथा ढुंगा बर्षाएका थिए।

टायर बालेर प्रदर्शन गरिएका कारण आगलागी हुने जोखिम भएकाले झापाका धेरै पालिकाहरूका दमकल तैनाथ राखिएको थियो ।
सरुवा गर्न लागिएका कैदी मनोज लावती झापा कारागारका चौकीदार हुन्।

कारागार व्यवस्था विभागले चौकिदार लावतीसहित चार जना कैदीलाई झुम्का कारागार सरुवा गर्ने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयनका लागि लावतीलगायत अन्य कैदीलाई लैजान प्रहरी कारागार भित्र जान खोज्दा स्थिति तनावपूर्ण बनेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?