पुराना दलका नेतालाई रविको चेतावनीः तपाईंहरूले लुटेको सम्पत्ति लुकाउने समय अब चार वर्ष मात्र

पुराना दलका नेतालाई रविको चेतावनीः तपाईंहरूले लुटेको सम्पत्ति लुकाउने समय अब चार वर्ष मात्र
+
-

झापा – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पुराना राजनीतिक दलका नेताहरूका लागि पहिला लुटेको सम्पत्ति लुकाउने समय अब चार वर्ष मात्र रहेको बताएका छन्।

२०८४ सालको निर्वाचनपछि आफ्नो पार्टी सरकारमा पुगेपछि लुटेका सबै सम्पत्तिबारे छानबिन गरेर एक–एक गरेर राज्यको सम्पत्ति लुट्ने नेताहरूलाई दण्डित गर्ने उनले दाबी गरे।

झापाको बिर्तामोडमा पार्टीद्वारा आयोजित आमसभामा बोल्दै रास्वपाका सभापति लामिछानेले भने, ‘३२ वर्षमा लुटेको सम्पत्ति लुकाउनमा अबको चार वर्ष उनीहरू व्यस्त रहने छन्। तर २०८४ मा राष्ट्रिय स्वतन्त्र पार्टी आएपछि हेरौंला के गर्दा रहेछन्।’

अहिले चलिरहेका ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र सुन तस्करी प्रकरणलाई मुटु दह्रो बनाएर अनुसन्धान गर्ने हो भने केही नेताबाहेक प्रायः सबै नेताको बास जेलमा हुने लामिछानेको भनाइ थियो।

उनले भने, ‘मुटु दह्रो भएको अनुसन्धान गर्ने हो भने धेरै नेताहरू बाँकी रहँदैनन्। मात्र तीन वटा फाइलले।’

इतिहासमा त्यस्ता भ्रस्टाचारका धेरै फाइल रहेका र कतिपय फाइल लुकाइएको अवस्थामा रहेका उनको दाबी थियो। आफूले आफ्नो निर्वाचन क्षेत्रमा गरेको कामको टीकाटिप्पणी हुने गरेकोमा उनले अन्य दलहरूलाई पनि त्यसरी काम गर्न चुनौती दिए।

लामिछानेले भने, ‘तपाईंहरूले पनि राम्रा कामको सुरुवात गर्नुहोस्। त्यहाँ ताली बजाउन अग्रपंक्तिमा म आफैं उपस्थित हुनेछु।’ नेपाली राजनीतिमा सही मान्छेलाई अवसर दिनुभन्दा आफ्ना मान्छेलाई पोस्ने परम्परा बसेको उनले बताए।

आम सभालाई पार्टीका महामन्त्री मुकुल ढकाल, केन्द्रीय सदस्य रमेश प्रसाईं, सांसदहरू मनीष झा, निशा डाँगीलगायतले सम्बोधन गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?