परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध समाजवादी मोर्चाः प्रधानमन्त्री प्रचण्ड

परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध समाजवादी मोर्चाः प्रधानमन्त्री प्रचण्ड
+
-

बुटवल – प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध समाजवादी मोर्चा बनेको बताएका छन्। उनले अहिले प्रतिक्रियावादी शक्तिहरू जातीय द्वन्द्व निम्त्याएर परिवर्तन उल्ट्याउने प्रयत्नमा लागेको बताए।

समाजवादी मोर्चा नेपाल लुम्बिनीले मंगलबार बुटवलमा गरेको सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्डले जनयुद्ध र जनआन्दोलनका मुख्य शक्तिहरू अहिलेको मोर्चामा रहेको बताए।

‘यो मोर्चाभन्दा बाहिर रहेका शक्तिहरू नक्कली हुन्,’ प्रचण्डले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै भने,‘पटक पटक संविधान मिचेर संसद् विघटन गर्ने नेताबाट कुनै आन्दोलनको नेतृत्व हुन सक्दैन।’

उनले अहिलेको गणतन्त्र दलाल पुँजीवादी गणतन्त्र भएको भन्दै मुलुकका लागि जनगणतन्त्रभन्दा माथिको समाजवादी गणतन्त्र चाहिएको बताए। ‘गणतन्त्र जनताको हुने हो वा बुर्जवाहरूको, श्रमिक वा पूजीपतिहरूको हुने हो, त्यसैको लागि यो मोर्चा बनेको छ,’ प्रचण्डले भने।

जनगणतन्त्रबाट माथिबाट उठाएर समाजवादी गणतन्त्रको लडाइँ रहेको बताए। ‘एक्लै लडेर यो लडाइँ एक्लै जित्न सकिँदैन, यसका लागि मित्रहरूको खोजी गरिनुपर्छ,’ उनले भने, ‘नेपालमा अहिले परिवर्तन उल्ट्याउन जातीय द्वन्द्व निम्त्याउ खोजिँदैछ।’

उनले समाजवादी गणतन्त्रमा रुपान्तरण गर्नका लागि मोर्चाबन्दी गरिएको भए पनि घेराबन्दी सुरु भएको बताए। गाउँका गरिब, सामान्य मानिसहरूले शासन गरेको नपचेकाले घेराबन्दीका षडयन्त्र भइरहेको उनले बताए।

उनले सरकारमा बस्नका लागि अनुचित काम नगर्ने बताएका छन्। उनले आफू प्रधानमन्त्री भएपछि एक महिना पनि टिकिन्न कि भन्ने लागे पनि सबैको साथले अहिलेसम्म टिकिराखेको बताए। ‘प्रतिपक्षी साथीले संसद्‌मा अनेक गर्नुभएको छ, तर पनि चिज अगाडि बढेकै छ, बढ्छ,’ उनले थपे।

उनले एमसिसीका विषयमा आफू प्रधानमन्त्रीको रुपमा धेरै बोल्न नमिल्ने बताउँदै देशको स्वाधीनता र राष्ट्रिय हित लागि जनयुद्धमा जस्तै गरी लडिराखेको बताए। उनले अनुदान लिएर देशको हितमा विकास गर्ने गरी योजनालाई अगाडि बढाउने बताए।

आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा दोहरिनका लागि मात्रै नभइ देशमा केही गर्ने गरी बनेको बताए। उनले सुशासनको पक्षमा सरकारले काम गरेकोले आम जनतामा केही हुन्छ कि भन्ने आशा र भरोसा जागेको बताए।

भ्रष्टाचार नियन्त्रण, सुशासनका पक्षमा सरकार लागि परेको बताउँदै अर्थतन्त्र सुधारका लागि राष्ट्र बैंकसँग निरन्तर छलफल गरिरहेको बताए। आफू प्रधानमन्त्री भए पनि जनताको पक्षमा अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ। उनले समाजवादी मोर्चाले आवश्यक परे लाखौं जनतालाई सडकमा ल्याउनुपर्ने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?