निजामती सेवा दिवसः वरिष्ठ सर्जन डा. खड्कासहित चार कर्मचारी पुरस्कृत

निजामती सेवा दिवसः वरिष्ठ सर्जन डा. खड्कासहित चार कर्मचारी पुरस्कृत
+
-

झापा- निजामती सेवा दिवसका अवसरमा झापामा चारजना कर्मचारीलाई पुरस्कृत गरिएको छ।

निजामती सेवा दिवस मूल समारोह समितिको आयोजनामा झापाको भद्रपुरमा आयोजित कार्यक्रम चार जना कर्मचारीलाई पुरस्कृत गरिएको हो।

उनीहरूको कार्यसम्पादन र लगनशीलताका आधारमा पुरस्कृत गरिएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुदप्रसाद न्यौपानेले जानकारी दिए।

पुरस्कृत हुने कर्मचारीहरूमा मेची अस्पताल भद्रपुरका निमित्त सुपरिन्टेन्डेन्ट तथा वरिष्ठ जेनेरल सर्जन डा. रामबाबु खड्का, कन्काई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने, जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर होमनाथ गौतम र गौरीगञ्ज गाउँपालिकामा कार्यरत वडासचिव एजिना भट्टराई रहेका छन्। उनीहरूलाई जनही पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको हो।

निजामती सेवालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा कर्मचारीहरूबीच आयोजना गरिएको निबन्ध प्रतियोगितामा कन्काई नगरपालिकाका वडासचिव इन्द्रसरोवर बजगाईंको निबन्ध प्रथम भएको छ।

निबन्ध लेखन प्रतियोगितामा प्रथम भएका कन्काई नगरपालिकाका वडासचिव इन्द्रसरोवर बजगाईंलाई पुरस्कृत गरिँदै।

त्यस्तै, आन्तरिक राजश्व कार्यालयका सुब्बा विशाल काफ्लेको निवन्ध दोस्रो भएको छ। प्रथम पुरस्कार पाउने बजगाईंले पाँच हजार र दोस्रो पुरस्कार पाउने काफ्लेले तीन हजार नगद पुरस्कार प्रदान गरिएको हो।

कार्यक्रममा सरुवा भएर झापा आएका र बिदाइ भएर अन्यत्र जाने कर्मचारीलाई स्वागत तथा बिदाइ गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बरालले झापामा निजामती कर्मचारीको सेवा उत्कृष्ट रहेको बताए।

उनले भने, ‘झापाको प्रशासन तथा अन्य कर्मचारीद्वारा प्रदान गरिने सेवा धेरै राम्रो छ। यो उत्कृष्टता सँधै कायम रहोस्।’

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले कानुनलाई निष्पक्ष रुपमा कार्यान्वयन गर्ने जिम्मावारी निजामती सेवाको रहेको बताए। तर निजामती सेवामा भएका कमी कमजोरीलाई सुधारेर लैजानुपर्ने आज आवश्यकता रहेको उनको भनाइ थियो।

सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले निजामती कर्मचारी ज्याद ‘रियाक्टिभ’ हुने गरेका कारण ‘प्रोएक्टिभ’ काम गर्न ध्यान नगएको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?