
अ
+
अ
अ
-
बुटवल- पाल्पामा तीजको नाचगान गर्ने क्रममा भएको झगडाले उग्र रूप लिँदा एकजनाको हत्या भएको छ।
पाल्पाको तिनाउ गाउँपालिका–२, दोभान घोडेबासका २४ वर्षीय सुनील खत्रीको तीजको नाचगान गर्ने स्थानमा झैझगडा हुँदा धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए।
तीजको दर खाएर घोडेबासको स्थानीय एक घरमा भेला भएर तीज गीतमा नाच्ने क्रममा झगडा भएको प्रहरीले जनाएको छ।
सोही स्थानमा भएको झगडाका क्रममा साढे १२ बजे ती युवकमाथि धारिलो हतियार प्रहार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
धारिलो हतियार प्रयोग हुँदा गम्भीर घाइते भएका खत्रीलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
स्थानीय महिला नाचिँरहेका बेला ती युवाहरुबीच सामान्य झगडा भएको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ। प्रहरीले हत्या आरोपमा ४ युवालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मासहितको टोली घटनास्थलमा पुगेको र घटनाका सम्बन्धमा थप अनुसन्धान चन्दले बताए।