इलामको कुटीडाँडानजिक कार दुर्घटना, कम्तिमा पाँच जना घाइते

इलामको कुटीडाँडानजिक कार दुर्घटना, कम्तिमा पाँच जना घाइते
+
-

झापा – इलामको कन्याम पुगेर फर्किँदै गरेको कार कुटीडाँडानजिक दुर्घटना हुँदा कम्तीमा पाँच जना घाइते भएका छन्।

रोङ गाउँपालिका–३ कुटीडाँडानजिकै सोमबार साँझ उक्त कार दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार उक्त दुर्घटनामा घाइते हुने पाँच जनाको पहिचान खुलेको छ।

ट्राफिक प्रहरीले भने अर्का एक जना पनि घाइते भएका जनाएको छ। उनको नाम भने खुलेको छैन।

झापातर्फ आउँदै गरेको बी.ए.ए. १६९२ नम्बरको सुजुकी कम्पनीको ग्राण्ड भिटारा कार हिलउड रिसोर्ट छेउको गोलाइमा अनियन्त्रित भई करिब ३ सय मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले बताए।

दुर्घटनामा घाइते भएकाहरूमा झापा शिवसताक्षी नगरपालिका–११ का ३५ वर्षीय मनोज राई, विराटनगर महानगरपालिका– ७ का ५२ वर्षीय सचिन पोखरेल, सोही ठाउँका २४ वर्षीय अर्जुन महरा र ५७ वर्षीय राजकुमार पौडेल रहेका छन्।

उनीहरूलाई उपचारका लागि बिर्तामोडको बिएण्डसी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घाइते भएका केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?