
झापा- झापा कारागारका १८ जना कैदीले कैदको बाँकी सजाय माफी पाएका छन्। जेलर मोहनलाल पनेरुका अनुसार ३५ जना कैदीको नाम सिफारिस भएकोमा १८ जनाको बाँकी कैद मिनाहा भएको हो।
संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले देशभरका ६७० जना कैदीको बाँकी सजाय माफी दिएका बेला झापा कारागारका १८ जना परेका हुन्।
कोशी प्रदेशका १८० जना कैदीले कैद सजाय माफी पाएका जेलर पनेरुले बताए।
जेलर पनेरुका अनुसार १८ जना कैदीको कैद सजाय मिनाहा हुँदा महिला कैदी कोही पनि परेनन्।