विज्ञ तथा सरोकारवालासँग छलफल नै नगरी शिक्षा विधेयक आयोः सभामुख घिमिरे

विज्ञ तथा सरोकारवालासँग छलफल नै नगरी शिक्षा विधेयक आयोः सभामुख घिमिरे
+
-

झापा – प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारले विधेयकको मस्यौदा तयार पार्दा विज्ञ तथा सम्बन्धित क्षेत्रका सरोकारवालाहरूसँग छलफल नै नगरेको बताएका छन्।

झापाको बिर्तामोडमा सोमबार साँझ पत्रकारहरूसँग कुरा गर्दै सभामुख घिमिरेले अहिले नयाँ शिक्षा विधेयकले समस्या ल्याउनुको मुख्य कारण बिना छलफल विधेयक तयार पारिएको बताए।

उनले भने, ‘मैले आज मात्र शिक्षा क्षेत्रका विभिन्न संघरसंस्थाका प्रतिनिधिहरूको ज्ञापन पत्र बुझेर आएको छु। उहाँहरूको कुरा सुन्दा विधेयक छलफलबिना तयार पारिएको भन्ने थाहा हुन्छ।’

उनले संसदमा टेबुल भएका सबै विधेयकमा गहिरो छलफल गराउने प्रतिबद्धता व्यक्त गरे। छलफलबिना प्रस्तुत भएका विधेयकले समस्या समाधान गर्ने भन्दा बढाउने भएकाले संसदमा त्यसबारे गम्भीर छलफल गराउने उनले बताए।

‘सबै विधेयकहरू संसदमा गहिरो गरी अध्ययन गर्ने र पारित गर्नका लागि मेरो पहल हुनेछ,’ सभामुख घिमिरेले भने, ‘तर सरकारले नै संसदलाई विजिनेस दिन अघि विचार पुर्‍याउनु पर्छ।’

सुन तस्करी काण्डमा उच्चस्तरीय आयोग गठनको विषयमा छलफल सहमतिमा नपुगेकाले फेरि पनि संसद अवरोध हुन्छ कि भन्ने चिन्ता आफूलाई लागेको उनले बताए।

उनले भने, ‘यो विषयमा सहमति भएन भने फेरि पनि संसद अवरोधको अवस्था आउनसक्छ। त्यसले मलाई चिन्तित बनाएको छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?