कपिलवस्तुमा सर्पले डस्दा एकै घरका दुई बालिकाको मृत्यु

कपिलवस्तुमा सर्पले डस्दा एकै घरका दुई बालिकाको मृत्यु
+
-

बुटवल- कपिलवस्तुको वाणगंगामा विषालु सर्पले डसेर एकै घरका २ बालिकाको मृत्यु भएको छ।

मंगलबार राति सर्पले डसेर गम्भीर बिरामी परेका बाणगंगा नगरपालिका–९ भलवाडका मोतिलाल क्षेत्रीका छोरी ३ वर्षीया रीतिका क्षेत्री र ८ वर्षीया इशिका क्षेत्रीको सर्पले डसेर मृत्यु भएको हो।

दिदीबहिनीको उपचारका क्रममा बुधबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.नेत्रबहादुर रानाले जानकारी दिए।

उपचारको क्रममा बहिनी रीतिकाको बुधबार बिहान र दिदी इशिकाको साँझ मृत्यु भएको हो।

सर्पले डसेको थाहा पाएपछि दुवैलाई बुधबार बिहान उपचारका लागि कपिलवस्तुको गोरुसिंगेस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो।

तर त्यहाँ उपचार हुन नसकेपछि अभिभावकले उनीहरूलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगेका थिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’