हाङझाउ एसियाड: चीनको ऐतिहासिक प्रदर्शन, नेपाललाई १७ वर्षपछि एकै एसियाडमा दुई पदक

हाङझाउ एसियाड: चीनको ऐतिहासिक प्रदर्शन, नेपाललाई १७ वर्षपछि एकै एसियाडमा दुई पदक
+
-

हाङझाउ एसियाडको औपचारिक समापन आइतबार साँझ हुँदैछ। त्यसअघि मेडल इभेन्टका सम्पूर्ण खेलहरू सकिएका छन्। यो पटकको एसियाडमा आयोजक चीनले कीर्तिमानी प्रदर्शन गर्दै एकै संस्करणमा २ सय स्वर्णको संख्या पार गरेको छ। त्यसोत भारतले पनि आफ्नो ७२ वर्षे इतिहासमा सर्वाधिक सफल एसियाडका रुपमा यो प्रतियोगिताको अन्त गर्दा नेपालले १७ वर्षपछि एकै एसियाडमा २ वटा पदक जित्न सफल भएको छ। प्रतियोगितामा ४५ राष्ट्रले सहभागिता जनाएकामा ४१ राष्ट्रले पदक जिते बाँकी ४ राष्ट्रभने पदकविहीन बने।

चीनले जित्यो २०१ स्वर्ण
चीनले एकै संस्करणमा सर्वाधिक स्वर्णको कीर्तिमान बनाउँदै २ सय १ स्वर्णसहित कुल ३ सय ८३ पदक जित्यो। उसले १ सय ११ रजत र ७१ काश्य हात पारद् दोस्रो स्थानको जापानभन्दा ४ गुणा बढी स्वर्णसहित आफ्नो एसियाडमा रवाफलाई अर्को एकतह माथि लान सफल भयो।

चीनले यसअघि सन् २०१० मा आफैले आयोजना गरेको ग्वाङझाउ एसियाडमा १९९ स्वर्ण जितेको थियो। घरमा आयोजना भएको प्रतियोगितामा आफ्नो रेकर्ड सुधार गर्दै चीनले आफ्नो विश्व खेलकुदमा दबदबालाई फराकिलो बनाउँदै लगेको सन्देश दियो। अन्तिम दिन आइतबार करातेको दुई इभेन्ट सम्पन्न भएसँगै हाङझाउ एसियाडका सबै खेलको स्पर्धा सकिएको छ।

भारतको सर्वाधिक सफल एसियाड
भारतका लागिसमेत हाङजाउ एसियाड सर्वाधिक सफल एसियाडका रुपमा दर्ज भएको छ। भारतले चीनमा १०० पदक जित्ने लक्ष्य लिएको थियो। उसले आफनो लक्ष्य सफलताका साथ पुरा गरेको छ। भारतले कुल १०७ पदक जित्दा २८ स्वर्ण जित्न सफल भयो। जुन भारतका लागि कीर्तिमानी सफलता हो। यसअघि भारतले २०१८ को इन्डोनेसियाको जकार्तमा भएको १८ औं एसियाडमा १६ स्वर्णसहित कुल ७० पदक जित्नु सर्वाधिक ठूलो सफलताका रुपमा रहेको थियो। यो पटक भारतले एकै पटक २८ स्वर्ण जितेर नयाँ इतिहास रचेको हो। चीनमा भारतले इतिहासकै सर्वाधिक २८ स्वर्ण सहित ३८ रजत ४१ कांस्यसहित १०७ पदक जितेर पदक तालिकाको चौँथो स्थानमा रह्यो।

१७ वर्षपछि एकै एसियाडमा नेपाललाई दुई पदक
नेपालको खेलुकद विरासत भने निकै कमजोर धरातलबाट गुज्रिरहेको छ। १९ औं एसियाली खेलकुदमा अहिलेसम्कै सर्वाधिक २९ खेलका २ सय ३३ खेलाडी सहभागी भएका थिए। तर निरन्तर पदकविहीन हुने आसंकाबीच महिला कबड्डीले बंगलादेशलाई हराएर काश्य पदक भित्राउन सफल हुँदा नेपालको सास आएको थियो।

यस्तोमा खेल सकिन एकदिन बाँकी रहँदा करातेमा नेपालकी एरिका गुरुङ्गले एतिहासिक रुपमा पहिलो पटक करातेमा रजत जित्दै कीर्तिमान बनाइन्। उनको एतिहासिक प्रदर्शनले नेपाल १७ वर्षपछि देशका लागि एकै एसियाडमा २ वटा पदक भित्राउन सफल भयो। यसअघि २००६ मा कतारको दोहामा भएको एसियाडमा ३ वटा पदक जितेको थियो।

दोहा एसियाडमा नेपालका लागि तेक्वान्दोमै सबै तीन पदक जितेको थियो। दिपक विष्ट, आयषा शाक्य र मनिता शाहीले काश्य जितेका थिए। त्यसपछिका तीन एसियाडमा नेपालले १-१ पदक भित्राउन सफल भयो। २०१० को ग्वानझाउ एसियाडमा दीपक महर्जनले बक्सिङमा पदक जित्दा २०१४ को इन्चोन एसियाडमा विमला तामाङ्गले करातेमा काश्य जितेकी थिइन्। २०१८ को जकार्ता एसियाडमा प्याराग्लाइडिङले रजत जितेको थियो।

यो संस्करणमा एक रजत र एक कांस्य जितेको नेपाल २ पदकसहित संयुक्त रुपमा ३२औं स्थानमा रह्यो। २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियाडमा नेपाल ३३औं स्थानमा रहेको थियो। यो पटक एसियाका सबै ४५ राष्ट्र सहभागी भएकोमा ४१ राष्ट्रले पदक जिते।

४ राष्ट्र पदकविहीन
यो पटक कुल ४५ मध्ये ४१ राष्ट्रले पदक जित्दा सहभागी ४ राष्ट्र पदकविहीन बने। जसमा दक्षिण एसियाली राष्ट्र भुटान र माल्दिभ्स पदकविहीन बन्दा यमन र टिमोर लिस्टेले पनि कुनै पदक आफ्नो देशमा भित्राउन सकेनन्। यो पटक ४५ राष्ट्रका १२ हजारभन्दा बढी खेलाडी सहभागी थिए। इतिहासमै सर्वाधिक बढी सहभागी भएको एसियाडमा कुल ४० खेलका ४८३ इभेन्टमा प्रतिस्पर्धा भएको थियो।

युफेई एक्लैलाई ६ स्वर्ण
एसियाडमा यो पटक सर्वाधिक ‘डेकुरेटेड’ खेलाडी चीनका युफेई झाङ बने। जलपरी युफेई झाङले सर्वाधिक ६ स्वर्ण जितेकी थिइन्। उनीसँगै पौडीमानै पाँच स्वर्ण र एक रजत जितेका चीनकै हाइयाङ क्विन १९औं एसियाडको मोस्ट भ्यालुएबल प्लेअर घोषित भए।

आइतबार साँझ समापन, नेपालकी एरिकाले झन्डा बोक्ने
१९औं एसियाडको समापन समारोह आइतबार साँझ हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा रहेको बिग लोटस स्टेडियममा हुँदै छ। समापन समारोह नेपाली समय अनुसार साँझ ५:४५ मा सुरु हुनेछ। समापन समारोहमा चिनियाँ प्रधानमन्त्री लि छ्याङ उपस्थित हुने कार्यक्रम छ। समापनमा नेपालको तर्फबाट करातेमा रजत जितेकी एरिका गुरुङले झन्डा बोक्ने छिन।

यस्ता छन् पदक जित्ने शीर्ष १२ टीम:

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’