
झापा – झापाको अर्जुनधारामा आयोजित नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघको कार्यक्रमका लागि आएका एमाले नेता महेश बस्नेतलाई लक्षित गरी झापाका पहिचानवादी संगठनहरूले प्रदर्शन गरेका छन्।
अर्जुनधारा नगरपालिकाको शनिश्चरे चोकमा पहिचानवादी संठगनहरूले चर्का नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।
प्रशासनले शनिश्चरे बजारमा अहिले करिब एक दर्जन ट्रकमा प्रहरी उतारेको छ।
एमाले नेता बस्नेतलाई भने स्कर्टिङ गरेर कार्यक्रमस्थलतर्फ लगिएको बताइएको छ। पहिचानवादीहरूले प्रदेशको नाम पहिचानका आधार राखिनुपर्ने माग गर्दै आएका छन्।
प्रदेशमा एमालेको सरकार रहेका बेला राखिएको कोशी प्रदेशको नाम फेर्नुपर्ने माग राख्दै आएका छन्। पहिचानवादीहरूको आन्दोलनका कारण शनिश्चरे बजार तनावग्रस्त छ।
तस्बिरहरूः