कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन्।
०००
मनाङ एयरको हेलिकप्टर शनिबार बिहान करिब सवा सात बजे सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेको छ।
०००
नेपाली कांग्रेस कोशी प्रदेशको प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले पदबाट राजीनामा दिएका छन्।
०००
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका लागि सरकारभन्दा जनता महत्त्वपूर्ण हुनुपर्ने बताएका छन्।
०००
आरती साहलाई न्यायको माग गर्दै १२१ दिनदेखि धर्नामा बसेको पीडित परिवारलाई प्रहरीले माइतीघरबाट उठाएको छ।
०००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्की अब सबैको मुख्यमन्त्री भएको भन्दै स्वीकार गरेका छन्।
०००
राजसंस्था पुनःस्थापनाको माग गर्दै काठमाडौँमा मोटरसाइकल र्याली निकालिएको छ।
०००
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले महिलाहरुको सम्मान गरे मात्रै नेपाली कांग्रेसको भलो हुने बताएका छन्।
०००
भारतीय सीमानाका झुलाघाट अझै पूर्णरूपमा सञ्चालनमा आएको छैन।
०००
एक साताअघि दक्षिणी इजराइलमा हमासले आक्रमण गरेपछि गाजा सहरमा इजराइली हमलामा मर्नेहरूको सङ्ख्या सात सय २४ बालबालिकासहित कम्तीमा दुई हजार दुई सय १५ पुगेको प्यालेस्टिनी अधिनस्थ क्षेत्रको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले शनिबार बताएको छ।
०००

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































