
झापा – झापा बिर्तामोडका आयुर ढकालले बंगलादेशमा जारी पहिलो बंगबन्धु खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा गोल्ड मेडल जितेका छन् ।
अक्टोवर १९–२१ मा भएको प्रतियोगितामा ढकालले यु–९ समूहमा गोल्ड मेडल हात पारेका हुन् ।
बंगबन्धु तेक्वान्दो महासंघले आयोजना गरेको उक्त प्रतियोगितामा सेन्ट जेभियर्स देउनियामा अध्ययनरत ढकालले पुम्सेतर्फ गोल्ड मेडल हात पार्न सफल भएका हुन् ।
बंगलादेशको तेक्वान्दो महासंघले पहिलो पटक राजधानीको जिरानी सावरमा आयोजना गरेको पहिलो बंगबन्धु अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिपमा ढकाललाई तेक्वान्दो महासंघ नेपाल र मेची डेजोङले सहभागी गराएको हो ।
प्रतियोगितामा नेपाल, भारत, भुटान, श्रीलंका, मलेसिया, थाइल्याण्ड र अफगानिस्तानको सहभागिता रहेको थियो ।