पाल्पामा जीप दुर्घटनामा मृत्यु हुनेहरूको पहिचान खुल्यो

पाल्पामा जीप दुर्घटनामा मृत्यु हुनेहरूको पहिचान खुल्यो
+
-

पाल्पा – पाल्पाको रानीमहल नजिकै आइतबार भएको जीप दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा पाँच जना नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाका रहेका छन् ।

मृत्यु हुनेमा देवचुली–१६ रजघराका अन्दाजी ५६ वर्षकी पार्वती लोहनी, सोही ठेगाना वर्ष ३५ की सबिता धिताल, सोही ठेगाना ११ वर्षका सबिस लोहनी, अढाई वर्षका ईसव लोहनी र अन्दाजी ६५ वर्षका कृष्णबहादुर लोहनी रहेका छन् ।

अर्का एक जना लमजुङ बेँसीसहर वडा नं २ भकुण्डे बस्ने अन्दाजी ५५ वर्षकी चुना धिताल रहेकी छिन् ।

जीप चालक नवलपरासी देवचुली नपा–१६ रजघरा बस्ने ३६ वर्षका ईश्वरबहादुर लोहनी गम्भीर घाइते भएका छन् ।

उनको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आइतबार साँझ करिब ५ बजे तानसेन–१३ स्थित बैकुण्ठेभीरबाट जीप १०० मिटर तल खसेको थियो ।

बागमती प्रदेश ०१–०२६–७२०९ नम्बरको जीप दुर्घटनामा परेको हो ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?