
विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुवा प्रेमबहादुर कार्कीको हातबाट टीका ग्रहण गरेका छन् ।
मोरङको बुढीगंगा गाँउपालिका, टंकीसिनवारीस्थित निजी निवासमा ७७ वर्षीय बुवा कार्कीको हातबाट मुख्यमन्त्री कार्कीले टीका ग्रहण गरेका हुन् ।
टीका ग्रहण गरेसंगै मुख्यमन्त्री कार्की विराटनगरस्थित क्वाटरमा आफ्ना इष्टमित्र, सर्वसाधारणसंग भेटघाट र टीकाको कार्यक्रममा सहभागी भएका छन्।
टीकाग्रहण गरेसंगै मुख्यमन्त्री कार्कीले विजयादशमीको टीकाले सम्पूर्ण हिन्दू नेपालीमा सुख शान्ति अमन चयन कायमको शुभकामना ब्यक्त गरेका छन्।
मुख्यमन्त्री कार्कीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै प्रदेश सुशासन, शान्ति, स्थिरता र समुन्नतको मार्गमा गतिशिल रहेको बताएका छन् ।
साथै मुख्यमन्त्री कार्कीले हालको अवस्थामा नागरिकले फजुल र भड्किलो खर्च नगरि शिष्ट, सभ्य र मितव्ययी भएर चाडपर्व मनाउनसमेत आग्रह गरेका छन् ।