
काठमाडौं – नेपाल एभरेष्ट बैंकका अध्यक्ष विष्णुकृष्ण श्रेष्ठको निधनले बैंकले कुशल नेतृत्व तथा अभिभावक गुमाएको उल्लेख गरेको छ ।
बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै बैंकले त्यस्तो उल्लेख गरेको हो । श्रेष्ठको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रम निधन भएको विज्ञप्तिमा जनाइएको छ ।
श्रेष्ठको नेतृत्वका कारण बैंकले दिगो, दरिलो र विश्वास स्थापित गर्न सफल भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
श्रेष्ठको अन्त्येष्टि उनको इच्छा बमोजिम, एभरेष्ट बैंकको सहयोगमा पशुपतिमा सञ्चालनमा रहेको कम दाउराले शव जलाइने प्रविधिमा आधारित वुडन क्रिमेटरीमा कार्तिक ७ गते सम्पन्न भएको बैंकले जनाएको छ ।