
काठमाडौं – भारतको हैदराबादमा प्रशिक्षण लिइरहेका नेपाल प्रहरी अधिकृत कैलाश लिम्बु ‘आउटडुअर’ प्रशिक्षणमा उत्कृष्ट ठहरिएका छन् ।
उनलाई बिएसएफ ट्रफी प्रदान गरिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
दूतावासले जनाए अनुसार लिम्बुलाई ‘आउटडुवर पासिङ आउट’मा उतकृष्ट ठहरिएवापत अर्वाड प्रदान गरिएको हो ।
भारतको हैदाराबादस्थित सरदार बल्लभभाइ पटेल प्रशिक्षण केन्द्रमा उनी नेपालको तर्फबाट ‘आइपिएस’ प्रशिक्षार्थीको रुपमा रहेका छन् ।
सोही प्रशिक्षण केन्द्रमा आयोजित ‘७७ आरआर पासिङ आउट’मा उनलाई अवार्ड प्रदान गरिएको प्रहरी प्रवक्ता डिआजी कुबेर कडायतले जानकारी दिए ।
उनले भने, ‘उक्त तालिम दुई किसिमले गराइन्छ । एउटा लेखपढको भने अर्को फिजिकल । लिम्बु चाहिँ फिजिकलमा उत्कृष्ट ठहरिएका हुन् ।’
उक्त प्रशिक्षण केन्द्रमा नेपालका पाँच जना प्रहरी अधिकृतले प्रशिक्षण लिएका छन् । पाँच जनामध्ये लिम्बु उत्कृष्ट ठहरिएका हुन् ।