
काठमाडौं – नेपाल सरकार र माउ पार्टी नेकपा माओवादी केन्द्रले आफूहरूको माग पूरा नगरेको भन्दै सरकारमाथि दबाब बढाइदिन बहिर्गमित जनमुक्ति सेना नेपालले नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई अपिल गरेका छन् ।
बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन् विष्टद्वारा जारी विज्ञप्तिमा गुटेरेससमक्ष तीनसुत्रीय माग अघि सारिएको छ ।
सशस्त्र संघर्षका बेला नाबालिग अवस्थामा रहेका बहिर्गमित लडाकुहरूको समाजमा पुनर्स्थापनाका लागि सरकारमाथि दबाब बढाइदिन महासचिव गुटेरेसलाई विष्टले आग्रह गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई शिक्षा, स्वास्थ्य, सिपमूलक तालिम तथा जीवनयापनका लागि अवसर चाहिएको छ ।’
संसदमा विचाराधीन अवस्थामा रहेको संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमा बाल-लडाकुका विषय राख्नका लागि दबाब बढाइदिन विष्टले विज्ञप्तिमात्र राष्ट्रसंघका महासचिव गुटुरेसलाई आग्रह गरेका छन् ।