जलवायु परिवर्तन र विश्व शान्तिका लागि लुम्बिनीबाट सगरमाथा आधार शिविरमा लगियो शान्ति दीप

जलवायु परिवर्तन र विश्व शान्तिका लागि लुम्बिनीबाट सगरमाथा आधार शिविरमा लगियो शान्ति दीप
+
-

बुटवल- हिमालयमा परेको जलवायु परिवर्तको असर र शान्तिका लागि विश्वको ध्यान केन्द्रित गर्नका लागि लुम्बिनीबाट सगरमाथाको आधार शिविरतर्फ शान्ति दीप लगिएको छ।

शुक्रबार नेपाल पर्वतारोहण संघले विश्व शान्तिको कामनासहित जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान केन्द्रित गर्न लुम्बिनीको शान्तिदीप कालापत्थरतर्फ लगेको हो।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले शान्तिदीपमा दीप प्रज्जवलन गरेर उक्त दीप सगरमाथाको आधार शिविरतर्फ लैजान हस्तान्तरण गरे।

उपाध्यक्ष डा. लामाले पूजा गरेको शान्ति दीप कार्यक्रम संयोजक, विश्व कीर्तिमानी आरोही काजी शेर्पा (स्पीड), नेपाल पर्वतारोहण संघका पूर्व सचिव एवं केन्द्रीय कार्य समिति सदस्य दिवस पोखेल र सगरमाथा आरोही संघका महासचित शिवबहादुर सापकोटालाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन्।

दीप हस्तान्तरण गर्दै उपाध्यक्ष डा. लामाले विश्व शान्ति र जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि लुम्बिनी शान्तिदीपबाट दीप प्रज्वलन गरेर सगरमाथाको आधार शिविर लैजादा सकरात्मक सन्देश प्रवाह हुने बताए।

शान्तिदीपमा दीप प्रज्जवलन गराएपछि दीपलाई लामा गुरुहरुबाट स्वस्तिशान्ति गरी मायादेवी मन्दिर परिक्रमा गराइएको थियो।
दीप कार्तिक १९ गते आइतबार साँझसम्ममा काठमाडौं पुर्‍याइने र त्यसपछि सगरमाथा आधार शिविर कालापत्थर पुर्‍याइने नेपाल पर्वतारोहण संघले जनाएको छ।

कार्तिक २५ गते शनिबारका दिन कालापत्थरमा हुने कार्यक्रमबाट विश्वको ध्यान पुनः एकपटक नेपालतर्फ केन्द्रित हुने संघका पूर्व सचिव एवं केन्द्रीय कार्य समिति सदस्य दिवस पोखेलले बताए।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमाल र हिमाली क्षेत्रमा परेको असरबारे राष्ट्र संघको आगामी बैठकमा छलफल गरी कार्बन उत्पन्न गर्ने धनी राष्ट्रहरूले क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने आकज उठाउने प्रतिवद्धता व्यक्त गरेकाले कालापत्थरमा सम्पन्न हुने कार्यक्रम फलयदी हुने पोखरेलले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?