संसदको प्रभावकारिताबारे प्रश्न उठ्न थाल्योः सभामुख घिमिरे

संसदको प्रभावकारिताबारे प्रश्न उठ्न थाल्योः सभामुख घिमिरे
+
-

झापा – प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीय संसदको प्रभावकारिताबारे प्रश्न उठन थालेको बताएका छन् ।

झापाको बिर्तामोडमा शनिवार आयोजित संसदको प्रभावकारिता सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसदको प्रभावकारिताबारे प्रश्न उठ्न थालेपछि देशभर अन्तर्क्रिया कार्यक्रम सञ्चालन गर्न शुरु गरिएको बताए ।

उनले भने, ‘हामी वेस्ट मिन्स्टर प्रणाली अन्तर्गत संसदीय अभ्यास गरिरहेका छौं । बेलायतमा जे परम्परा छन् हामी त्यसैलाई आधार मानेर संसद चलाइरहेका छौं । त्यो परम्परागत भयो र परिवर्तनलाई संस्थागत गर्न प्रभावकारी हुन सकेन भन्ने कुराहरू आइरहेका छन् ।’

बेलायती अभ्यासले बहुमत र अल्पमतको मात्र भूमिका भएको भन्दै प्रश्न उठिरहेको उनले बताए । सही कुराहरूले स्थान नपाउने स्थिति पनि नेपालको संसदीय अभ्यासमा महसुस गर्न थालिएको सभामुख घिमिरेले बताए ।

संसदका काम कारबाहीलाई प्रभावकारी बनाउन अन्तर्क्रिया कार्यक्रममा आफू जुटिरहेको सभामुख घिमिरेले बताए ।

अन्तर्क्रिया कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, संघ/संस्थाका प्रतिनिधिले संसदका कुर्सी खाली हुने, संसदले दिएको निर्देशन सरकारले पालना नगर्ने, कानून निर्माणमा ध्यान नदिएका जस्ता गुनासा राखेका थिए ।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?