
काठमाडौं – नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेकोले पहाडी भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने बताइएको छ । बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ ।
गण्डकी, कर्णाली र सुदूर-पश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ।
देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।