सरकारले हालका लागि नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ। मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले देशसञ्चारलाई जनकारी दिइन्।
000
सरकारले गरेको टिकटक बन्द गर्ने निर्णयप्रति सरकारमै रहेको प्रमुख दल नेपाली कांग्रेसले विरोध गरेको छ। कांग्रेस महामन्त्रीद्धव गगन थापा र विश्वप्रकास शर्माले सरकारको उक्त निर्णय अलोकतान्त्रिक र गलत भएको प्रतिक्रिया दिएका छन्। कांग्रेस सांसद सुनील शर्माले सरकारले तानासाहि प्रवृत्ती देखाएको तर्क गरेका छन्।
000
राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णयमा आपत्ती जनाएका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले टिकटकमाथिको प्रतिवन्ध स्वीकार नगर्ने बताएका छन्। रास्वपा अध्यक्ष रवि लामिछानेले कैयौँ नेता भ्रष्ट होलान् अब के पार्टी नै बन्द गरिदिने त भनेर सरकारलाई प्रश्न गरेका छन्।
000
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तित राजनीतिक व्यवस्थाको रक्षा एवं सुदृढीकरण गर्दै समाजवादको वैचारिक, राजनीतिक, आर्थिक एवं सांस्कृतिक आधार तयार पार्न तिहारलगायत पर्वको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरेका छन्। तिहारको शुभकामना सन्देश दिँदै सांस्कृतिक आधार तयार पार्न तिहारलगायत पर्वको महत्वपूर्ण भूमिका हुने उनले बताएका छन्।
000
तिहारको तेस्रो दिन सोमबार गाइ पुजा गरेर मनाइएको छ। गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जान वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ। यस बर्षको तिहारको मुख्य दिन भाईटिका आगामी बुधबार परेको छ।
000
तिहारमा विक्रीको लागि राखिएको सयपत्री फूल विक्रिी हुन सकेको छैन। यस बर्ष काठमाडौँ उपत्यकामा फूल विक्रि गर्न चार स्थान तोकिएको थियो। तर सयपत्री विक्रि हुन नसकेर खेर जाँदा किसान मर्कामा परेका छन्। मकवानपुर कुलेखानी इन्द्रसरोवर मार्खु–१ का मदन संगबुले ६ लाख रुपैँया फूलमा लगानी गरेपनि एक लाख जतिको मात्र फूल बेचेको गुनासो गरेका छन्।
000
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले २० लाखको सयपत्री फूल निर्यात गरेको छ। गाउँपालिकाभित्रका विभिन्न कृषकले उत्पादन गरेको फूललाई सङ्कलन गरी पोखरा,बुटवल र काठमाडौं निर्यात गरिएको कृषि शाखा प्रमुख अनुप पौडेलले जानकारी दिए ।
000
कर्णाली र गण्डकी प्रदेशमा दसैँका लागि बेच्न खोजिएका भेडाच्याङ्ग्रा तिहारमा पनि बिक्न नसक्दा किसान मर्कामा परेका छन्। कास्कीको माछापुछ्रेका मीनबहादुर गुरुङ असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै सात सय च्याङ्ग्रा लिएर आए। बागलुङसम्म आउँदा उनले जम्मा ३७ वटा मात्रै च्याङ्ग्राको व्यापार गरे।
000
खोटाङ हलेसी तुवाचुङ नगरपालिका ८ धितुङस्थित बुँलागैरीका भीमबहादुर कटवालको घरमा विद्युत् चुहावट भएर आगलागी हुँदा २५ लाख भन्दा बढीको क्षति भएको छ। घरमा जडान गरिएको विद्युत्को मिटरबक्सबाट सल्किएको आगोले उनको जस्तापाताको छाना भएको तीनतले घर, घरमा भएको नगद सुनचाँदी लगायत पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
र
बेलायती प्रधानमन्त्री ऋषि सुनकले सोमबार पूर्वप्रधानमन्त्री डेभिड क्यामरुनलाई विदेशमन्त्रीमा नियुक्त गरेका छन्। योसँगै पूर्वप्रधानमन्त्री क्यामरुन आश्चर्यजनकरूमा अग्रपङ्क्तिको राजनीतिमा आएका छन्।ब्रेक्जिट जनमत सङ्ग्रहमा पराजित भएपछि प्रधानमन्त्री पद छाड्नुभन्दा अघि उनी सन् २०१० देखि सन् २०१६ सम्म बेलायतको प्रधानमन्त्री थिए।

भर्खरै
लोकप्रिय






































































































































































































