यमपञ्चक अर्थात तिहारको चौथो दिन आज गोवद्र्धन, बलि, गोरु, हली एवं कृषकको पूजाआजा गरी मनाइएको छ। द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पनि पूजा गर्ने प्रचलन छ। तिहारको मुख्यदिन भाइटिका बुधबार मनाइदै छ।
000
नेपाल संवत ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइएको छ। यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। यस्तै आजैको दिन नेवार समुदायमा म्ह पूजा गरी मनाउँदैछन्। कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्मको पूजा गर्ने गर्छन्।
000
प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर बुधाबर बिहानैदेखि खुल्ने भएको छ। भाइटीकाका अवसरमा बुधबार बिहानैदेखि मन्दिर खोल्न सबै तयारी पूरा भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ।
000
भाइटीकाका दिन बुधबार पश्चिमी वायुको सामान्य प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रहनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
000
नेपाली सेनाले आगोले पोलेका १० जना घाइतेको हवाई उद्धार गरेको छ। यही कात्तिक २६ गते मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा घाइते भएकाको सेनाले उद्धार गरेको हो। आगो निभाउँदा घाइते भएका २७ जनाको झापामा उपचार भइरहेकोमा १० जनालाई थप उपचारको लागि हवाइ उद्धार गरेर काठमाडौ ल्याइएको हो।
000
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल पार्नेबाट बचाउन टिकटक प्रतिबन्ध लगाउनुपरेको बताएका छन्। उनले समाजमा विसंगति, विकृति,अराजकता फैल्याउने र राज्यलाई जिम्मेवारीबाट अघि बढ्न रोक्ने खालका प्रवृत्तिलाई नियन्त्रण गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष एक ठाउँमा उभिएर टिकटक बन्द गर्ने निर्णय गरेको बताएका हुन्।
000
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका प्रमुखहरु बसेर गरेको लहडी निर्णय र सम्झौताको भारी आफूहरुले नबोक्ने बताएका छन्। महामन्त्री थापाले प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिको खण्डन गर्दे यस्तो बताएका हुन्। यस्तै रास्वपाका सभापति रवि लामिछानेले टिकटक बन्द गर्ने सन्दर्भमा रास्वपाका कुनै पनि नेतासँग सरकारसँग औपचारिक,अनौपचारिक छलफल वा सहमति नभएको बताएका छन्।
000
संस्कति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाली पर्वहरुलाई विश्वस्तरमा चिनाउन सक्नुपर्ने बताएका छन्। उनले नेपाली पर्यटन प्रकृति र संस्कृतिको समायोजनबाट स्थानीय स्वाद र स्वामित्व सहितको हुनुपर्ने बताएका छन्।
000
कोरला नाका व्यावसायिक रूपमा खुला भएको छ । मुस्ताङको उपल्लो भेगमा अवस्थित नेपाल–चीन २४ नम्बरको सीमास्तम्भ रहेको फराकिलो पठार कोरला नाका व्यावसायिक रूपमा खुला भएको हो। नाका उद्घाटनको औपचारिक कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी सीपीसी झोम्बा काउन्टीका सेक्रेटरीसमेत सुरक्षा अधिकारी तथा नेपालतर्फबाट लोमन्थाङ र लोघेकरदामोदर कुण्ड गाउँपालिका अध्यक्ष, सुरक्षा अधिकारी सहभागी थिए।
र
कञ्चनपुर प्रहरीले जुवा खेल्ने ४२ जनालाई पक्राउ गरेको छ। प्रहरीले जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो।सोमबार राति २ बजे विशेष सुराकीको आधारमा भीमदत्त नगरपालिका–१७ बाँसखेडास्थित भीमबहादुर ठगुन्नाको घरमा जुवा तास खेलिरहेका २८ जनालाई नगदसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































