दिनभरिका १० मुख्य समाचार

+
-

तिहारको मुख्य तथा अन्तिम दिन आज, दिदीबहिनीले दाजुभाइलाई भाइटीका लगाइदिएका छन्। भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि बिहान १० बजेर ५१ मिनेटको साइत उत्तम रहेको थियो। टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर,कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिइ सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ।

000

तिहारका अवसरमा भाइटीकाका दिनमा मात्र भक्तजनलाई खुला गरिने रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा आज सामूहिक भाइटीका लगाइएको छ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात भाइटीकाका दिन खुल्ने बालगोपालेश्वर मन्दिरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ पुगेर टीका लगाउने गर्छन्। यसैबीच हरेक वर्षको भाइटीकाझैं यस वर्ष पनि अञ्जली दिदिले बसन्तपुरमा सामुहिक भाइटीका लगाइदिएकी छन्।

000

जाजरकोट भूकम्पपीडितको यस बर्षको तिहार भने खल्लो बनेको छ। भूकम्पले मानवीयसँगै भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ भने जाजरकोट, रुकुम पश्चिम लगायत त्यस आसपासका स्थानीय घरबारबिहिन बन्न पुगेका छन्। तत्काल चिसोबाट हुने महामारीबाट जोगाउन र सुरक्षित बस्ने व्यवस्था मिलाउन पीडितले सरकार र सम्बन्धित निकायलाई गुहारेका छन्।

000

राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीलतनिवासमा बुधबार बिहान १० बजेर ५१ मिनेटको शुभसाइतमा राष्ट्रपति पौडेलले बहिनीहरूबाट टीका ग्रहण गरेका राष्ट्रपतिको सचिवालयले जनाएको छ।

000

मधेशमा ‘भरदुतीया’ पर्व मनाइँएको छ। भाइटीकाजस्तै मधेशमा भरदुतीया मनाउने परम्परा छ। यस पर्वमा भाइटीकाभन्दा केही विधि भने फरक रहेको छ। यस पर्वलाई भाइदुज, भरदुतीया, भ्रातृद्वितीया पनि भन्ने गरिन्छ।

000

दीपावली सकिएसँगै जनकपुरधाममा छठको तयारी शुरु भएको छ। छठ पर्व नजिकिँदै गएपछि जनकपुरधामको विभिन्न पोखरीलाई स्थानीयवासी र क्लबहरूको सहयोगमा विशेषरूपमा श्रृङ्गार्न थालिएको छ। कतिपय पोखरीका घाटमा सरसफाइ पनि गरिएको छ।

00

नेपाल रेल्वेले जाडो मौसममा नयाँ समयतालिका निर्धारण गरी रेल सेवा सञ्चालन गर्ने जनाएको छ। भारतको जयनगरबाट जनकपुरधामसम्म, जनकपुरधामबाट बिजलपुरासम्म सञ्चालन भइरहेको नेपाल रेल सेवा आगामी मङ्सिर १ गतेदेखि हालको समयतालिकामा परिवर्तन गरी सञ्चालन गर्ने नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए।

000

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित एसके ट्रेडिङको बोरा गोदाममा गए राति आगलागी भएको हो । राति करिब १२ बजेतिर लागेको आगो आज बिहानमात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए।

000

चलचित्र ‘दिमाग खराब’लाई सिनेमा घरहरुमा पर्याप्त शो नदिइएको भन्दै निर्माण टीमले चलचित्रको प्रदर्शन रोक्ने घोषणा गरेको छ। चलचित्रका निर्देशक निश्चल बस्नेत र निर्माता रौनक विक्रम कँडेलले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै चलचित्र प्रदर्शनमा रोक लगाउने घोषणा गरेका हुन्।

हङकङमा बुधबारबाट सुरु भएको ४ राष्ट्र सम्मिलित महिला टी २० क्रिकेटको पहिलो खेलमा नेपाल तान्जनियासँग २७ रनले पराजित भएको छ। हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर पहिले ब्याटिङको गरेको तान्जनियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो। जवाफमा १ सय १६ रनको लक्ष्य पछ्याएको नेपाल ब्याटिङमा धरासायि बन्दा १६ दशमलव ५ ओभरमा ८८ रनमै समेटिन पुग्यो।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’