झापामा दिनहुँ आगलागीका घटना, दैनिक लाखौं रुपैयाँको धनमाल खरानी

झापामा दिनहुँ आगलागीका घटना, दैनिक लाखौं रुपैयाँको धनमाल खरानी
+
-

झापा – झापामा आगलागीका घटना निरन्तर हुँदा दैनिक लाखौं रुपैयाँको धनमाल खरानी हुने गरेको छ । शुक्रबार मात्र कचनकवलमा भएको आगलागीबाट दुईवटा घर जलेर नष्ट भएका छन्।

शुक्रबार बिहान ८.३० बजे कचनकवल ३ का मनिर मिया र चैतु मियाको घरमा आगलागी हुँदा १५ लाखभन्दा बढीको क्षति भएको गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले जानकारी दिए।

आगलागीबाट २ लाख ४० हजार नगद, एउटा मोटरसाइकल, २ तोला सुन, चाँदी, खाद्यान्न, लत्ताकपडालगायत जलेर नष्ट भएको अध्यक्ष राजवंशीले बताए।

स्थानीयवासी र भद्रपुर नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका थिए। विद्युत सर्ट भइ आगलागी भएको जनाइएको छ।

बिहीबार पनि झापाको दुई ठाउँमा आगलागीका घटना भएका थिए। दिउँसो २.३० बजे झापा गाउँपालिका वडा नं २ सडकवाडीमा राम हेमरमको एक तले कच्चीघरमा बिजुली सर्ट भइ आगलागी हुँदा लत्ताकपडा, अन्नपात, काठ र अन्य सरसामान गरी ३ लाख ६० हजार बराबरको क्षति भएको थियो।

त्यस्तै, बिहीबार दिउँसो १.१० बजे बुद्धशान्ति ३ गैरीगाउँ सुब्बा टोलमा मनबहादुर आङदम्बेको घरनजिकै खेतमा राखिएको परालको कुन्यु र धानको कुन्युमा आगलागी हुँदा एक लाख पचास हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?