‘गोर्खा’ सैनिकका रुपमा परदेशमा युद्ध मोर्चा सम्हालेर बहादुरीको इतिहास लेखाए धेरै नेपाली योद्धाहरुले ।
तर, युद्धमा विजयी भएर श्रीमान टुप्लुक्क सामुन्ने आइपुग्दाको आकस्मिक खुसी होस् या घाइते र वीरगतिको समाचारसँगै जीवनभरको विष्मयलाई पटुकीमा पोको पारेर लालाबाला सम्हाल्दै जीवनको मैदानमा एक्लै भिडेका तमाम महिलाहरु इतिहासको गर्तमा कतै हराए ।
तिनै महिलाहरुको उल्लास, उदासी र संघर्षका कथा भन्ने प्रयास स्वरुप सुजना थापा श्रीशले एकल कला प्रर्दशनीको आयोजना गरेकी छन् ।
यही मंसिर ८ गतेदेखि नेपाल कला परिषदमा आयोजना हुने उक्त प्रर्दशनीको सेरोफेरोमा गरिएको संक्षिप्त संवाद: