बिर्तामोडको कार्यक्रममा जनसहभागिताका लागि पूर्वराजा शाहद्वारा धन्यवाद व्यक्त (तस्बिरहरु)

बिर्तामोडको कार्यक्रममा जनसहभागिताका लागि पूर्वराजा शाहद्वारा धन्यवाद व्यक्त (तस्बिरहरु)
+
-

झापा – पूर्वराजा ज्ञानेन्द्र शाहले शनिवार बिर्तामोडमा आयोजित कार्यक्रममा व्यापक सर्वसाधारणको सहभागिताका लागि धन्यवाद दिएका छन्।

मेचीनगरस्थित होटल मेची क्राउनमा आइतबार आयोजित चियापान कार्यक्रममा उनले जनसहभागिता जुटाउन खटिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतृत्वलाई धन्यवाद दिएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।

उनले भने, ‘अहिलेको कार्यक्रम नै राजाबाट धन्यवाद व्यक्त गर्नका लागि आयोजना गरिएको हो। राजाबाट सबैप्रति आभार प्रकट भएको छ।’

शनिवार झापाको बिर्तामोड १ स्थित इकम कलेजमा निर्मित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण कार्यक्रममा हजारौंको संख्यामा मानिस उपस्थित भएका थिए।

जसकाे तयारीका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन १० दिनदेखि खटिएका थिए। आइतबार अपराह्न आयोजित चियापान कार्यक्रममा राप्रपाका अध्यक्ष लिङ्देन, रामकुमार सुब्बा, सगुन लावतीलगायत नेतालाई पूर्वराजा शाहले छेउमै राखेर कुराकानी गरेका थिए। चियापान कार्यक्रममा ३ सय ५० जनाको सहभागिता थियो। पूर्वराजा शाहले सबैसँग भेटघाट गरेका थिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?