कठमाडौँ– सिटिजन्स बैंकले नयाँ शाखा खोलको छ ।
बैंकले शाखा विस्तार गर्ने क्रममा आफ्नो १८९ औं शाखा काठमाडौँको टेकुमा सञ्चालनमा ल्याएको हो ।
यससँगै काठमाडौँ उपत्यकाभित्र यस बैंकको ३७ वटा शाखाहरु पुगेका छन् भने वाग्मती प्रदेशमा ५१ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।
सोमबार टेकुमा आयोजित एक कार्यक्रमका बीच बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजङ्ग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले प्रुडेन्ट बैङ्किङ र सुशासनमा कुनै सम्झैता नगरी बैंकले काम गर्ने मनसाय व्यक्त गरे ।
सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनको पनि उपस्थिति थियो ।
उक्त शाखाको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
यस शाखा मार्फत लकर सेवा, एटिएम सेवा लगायत ग्राहकहरूको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरेट व्यवसायीहरू माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले लिएको छ ।
सिटिजन्स बैंक लिमिटेडका देशैभरी १८९ वटा शाखा, १४९ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैङ्किङ ईकाई हरुबाट १६ लाख ७५ हजार ग्राहकवर्गलाई आधुनिक बैङ्किङ सेवा दिइरहेकाे छ ।

भर्खरै
लोकप्रिय






































































































































































































