निजी क्षेत्र र सरकार मिलेर अगाडि बढ्दा जुत्तामा आत्मनिर्भर बन्न सकिन्छः मन्त्री चित्रकार

निजी क्षेत्र र सरकार मिलेर अगाडि बढ्दा जुत्तामा आत्मनिर्भर बन्न सकिन्छः मन्त्री चित्रकार
+
-

काठमाडौं- बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले  निजी क्षेत्र र सरकार मिलेर अगाडि बढ्दा जुत्तामा आत्मनिर्भर बन्न सकिने बताएका छन्।

नेपाली जुत्ता-चप्पल समूहद्वारा सञ्चालित सातदोबाटोस्थित सेल्सभेरीको भवनमा नेपाली जुत्ता घरको आइतबार उद्घाटन गर्दै मन्त्री चित्रकारले  नेपाली उत्पादन प्रवर्द्धनका लागि सक्दो सहयोग गर्ने आश्वासन दिए।

उनले भने, ‘निजी क्षेत्र र सरकार मिलेर अगाडि बढ्दा हामी जुत्तामा आत्मनिर्भर हुन्छौँ।’

गुणस्तरका लागि प्रतिस्पर्धा आवश्यक रहेकाे उनले बताए।  स्वस्थ प्रतिस्पर्धा भयो भने देश र समाजको उन्नति हुने जानकारी दिँदै उनले अन्तर्राष्ट्रिय बजारमा देखाउन पनि उत्पादन गरेका सामग्रीमा प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका पूर्वकार्यकारी सदस्य, वर्तमान  कार्यकारी सदस्य तथा फुटवेयर व्यवसायीकाे उपस्थिति थियो ।

स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली जुत्ता उत्पादक समूहद्वारा सामूहिक सोरुम अवधारणाअन्तर्गत खोलिएको यो पाँचौँ साेरुम हो। उक्त जुत्ताघरभित्र प्रत्येक जुत्ताको खरिदमा दश प्रतिशत छुट र १५ सयभन्दा माथिका जुत्ता किन्दा एक जोर भुवा चप्पल फ्रिमा रहेको बताइएको छ।

वि.एफ डिएर हिल ,वि.एफ स्पोर्ट, रोएल सुज,  फस्टवाक सु , क्रस रोड, डि.जे सुज, कोसेली छाला जुत्ता, रन सु र स्मार्ट  सु गरी ८ ब्रान्डका जुत्ता छन्।

हरेक नेपालीको खुट्टामा नेपाली जुत्ता पुर्‍याउनु आफ्नो उद्देश्य रहेको जुत्ता घरले जनाएको छ। जुत्ता घरसँग आबद्ध उद्याेगी व्यवसायीले भने, ‘हामी कडा प्रतिस्पर्धा गरेर जान्छौँ। यहाँ प्रतिस्पर्धा भएन भने अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्दैनौं त्यसैले मिलेर गरौ भरेन हामी व्यवसायी एक भएका हौँ । प्रतिस्पर्धा हरु कसरी मिलेर जान्छन् भन्ने उदाहरण देखाउन पनि हामी चाहन्छौँ।’

कार्यक्रममा रोयल जुत्ताका निर्देशक भीमलाल पौडेलले भने, सामूहिक रुपमा काम गर्दा सहज भएको छ। धेरै ब्रान्ड हुँदा उपभोत्तालाई सजिलो हुन्छ। एकै ठाउँमा धेरै पाउँदा अन्त जानै पर्दैन।’

रोयल जुत्ताका निर्देशक भीमलाल पौडेल

क्रस रोड ब्रान्डका निर्देशक कृष्ण क्रिष्न फुयाल भन्छन ‘यसरी सामुहिक प्रतिस्पर्धा गर्दा नागरीक बाट राम्रो प्रतिक्रिया आएको छ । सबै ब्रान्डका जुत्ताहरु एकै ठाउँमा पाउँदा नागरीकहरु खुसि भएका छन ’।

क्रस रोड ब्रान्डका निर्देशक कृष्ण फुयाल

त्यस्तै, वि.एफ स्पोट जुत्ताका निर्देशक (जुत्ता उत्पादक सङ्घका नेपालका पूर्व अध्यक्ष) होमनाथ उपाध्यायले भने, ‘अरु कम्पनीका निर्देशक त एउटै टेबलमा बसेर चिया खाँदैनन् हामी त १० वर्षदेखि मिलेर नागरिकलाई सेवा दिइरहेका छौँ । हामीले नेपालमा बनेका जुत्ता मात्र राख्छौ, स्वदेशी उत्पादलाई प्राथमिकता दिन हामीले सामूहिक रुपमा काम गरेका छौँ।’

वि.एफ स्पोट जुत्ताका निर्देशक (जुत्ता उत्पादक सङ्घका नेपालका पुर्व अध्यक्ष) होमनाथ उपाध्याय

जुत्ता उत्पादक संघ नेपालका अध्यक्ष र फस्टवाक शुज ब्रान्डका निर्देशक नानीराज घिमिरे भन्छन्, ‘हामीसँग स्पोट जुत्ता मात्र छ। हाम्रो जुत्ता सबै नागरिकले लगाउन सक्छन्। उत्पादक र उपभोक्ता जोड्नको लागि हामीले यो जुत्ता घर स्थापना गरेका हौँ।’

जुत्ता उत्पादक संघ नेपालका अध्यक्ष र फस्टवाक शुज ब्रान्डका निर्देशक नानीराज घिमिरे

रन जुत्ताको म्यानेजिङ डाइरेक्टर रुद्र न्यौपाने भन्छन्, ’हामीसँग सबैलाई मिल्ने र लगाउन सक्ने जुत्ता छन्।

रन जुत्ताको म्यानेजिङ डाइरेक्टर रुद्र न्यौपाने

र स्मार्ट जुत्ताका अध्यक्ष जीवनकुमार श्रेष्ठ भन्छन्, ‘हामीले उत्पादन गरेको जुत्ता बजारमा जाँदा उपभोत्ताले पाउन सकेका थिएनन,अब यस्तो गदा उपभोक्ताले सिधै हाम्रै बान्ड लगाउन पाउनेछन्।’

स्मार्ट जुत्ताका अध्यक्ष जीवनकुमार श्रेष्ठ

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’