
गमगढी- मुगुमा एक सातायता अत्याधिक चिसाे बढ्नुका साथै माैसममा बदली आई गए रातिदेखि वर्षा र हिमपात हुन थालेपछि मुगुलयायत हिमाली जिल्लाको जनजीवन कष्टकर बनेकाे छ।
गए रातिदेखि आकाशमा बाक्लाे बादल लाग्नुका साथै उच्च हिमाली भेगका नेपालकै ठूलो र प्रसिद्ध राराताल, चुचेमारा, मिली, मुर्माटप लगायतका ठाउँहरूमा भारी हिमपात भएकाे छ ।
गमगढी लगायत मुगु जिल्लाका सबै बस्तीहरूमा एकाबिहानैदेखि वर्षा र हुन थालेपछि चिसाे अत्याधिक बढेर जनजीवन कष्टकर बन्दै गएकाे हाे ।
चिसाेका कारण रूघा, खाेकीका बिरामीहरू जिल्ला अस्पतालमा ठिनीमा उपचारका लागि आउने संख्यामा बृद्धि भएकाे जिल्ला अस्पताल मुगुले जनाएकाे छ ।
चिसाेले विशेष गरी दम राेगी र बुढाबुढी बढी प्रभाबित भएका छन् ।
चिसाे निकै बढेपछि उत्तरी करान भेगका लेकाली बस्तीमा बसाेबास गर्ने लामा समुदायका मानिसहरू चितै कुना, सिरानी चाैर, पुलुतिर झरेका छन् ।

मुगु हिमाली जिल्ला भएकाले हिउँद ऋतुमा अत्यधिक जाडाे हुँदा बाल बच्चाहरूमा निमाेनिया र श्वास प्रस्वास, रूघा, खाेकीकाे समस्या गाउँ बस्तीमा बढेर गएकाे छ।
अर्काेतिर बेलैमा वर्षा र हिमपात शुरू भएकाले हिउँदे बाली जाै, गहुँ, नाफल, उवा, लगायतका बाली सप्रने कृषकहरूले बिश्वास गरेका छन् ।
मुगुका उच्च हिमाली भेगहरू रारा, चुचेमारा, मुर्माटप, चेखेली, मालिका, घुच्ची, दाेल्फु, मुगु, लखु, कालामुल लगायतका उच्च हिमाली भेगमा हिमपात भएकाे हाे ।
छायाँनाथ, मुर्माटप ,लचुचेमारा , तलिलेक, घट्टललेक लगायतका उच्च लेकाली बस्तीहरूमा हाल भीषण हिमपात भैराखेकाे छ ।
वर्षा र हिमपातले जनजीवन कष्टकर बनेपनि किसानहरू भने बाली सप्रने भएकाले खुशी भएका छन् ।



