‘सामाजिक सञ्जालका लिङ्क जथाभावी ओपन गर्नु हुँदैन’

‘सामाजिक सञ्जालका लिङ्क जथाभावी ओपन गर्नु हुँदैन’
+
-

काठमाडौँ- नेपालमा पछिल्लो समय साइबर सुरक्षाको जोखिम बढ्न थालेको यस क्षेत्रका विज्ञहरू बताउँछन्।  स्मार्ट उपकरणमा भएका डाटाहरू अनुमतिबिना कसैले हेर्न, चोर्न र प्रयोग गर्नबाट बच्नु नै साइबर सुरक्षा हो। साइबर सुरक्षाभित्र धेरै विषय पर्छन्, त्यसभित्र पर्ने नेटवर्क सुरक्षा पनि एउटा महत्वपूर्ण क्षेत्र हो।

साइबर सुरक्षा, यसको प्रयोग, जोखिम, यसबाट बच्ने उपाय र सरकार र सरोकारवाला निकायको भूमिकाबारे इनसाइट टेक्नोलोजीका निर्देशक सुमनकुमार शर्मासँग देश सञ्चारका लागि सुरेश पौडेलले गरेको कुराकानीको सम्पादित अंश।

नेपालमा साइबर सुरक्षाको वर्तमान अवस्था कस्तो छ? 

साइबर सुरक्षाको अवस्था खासै राम्रो पनि छैन, नराम्रो पनि छैन । साइबर सुरक्षाभन्दा जति सजिलो सुनिन्छ, यसबाट बच्न त्यत्ति सजिलो छैन । सरकारका तर्फबाट नियमकानुन बनेको छैन, त्यो बनाएर जानुपर्छ । डाटाहरू चोरी नहुनका लागि त्यही अनुसारको स्टोरेज (मेमोरी) भएमा केही मात्रामा कम गर्न सकिन्छ । 

हामीकहाँ डाटा चोरी हुने समस्या छ । चोरी भएको डाटा  रिकभर गर्न खोज्दा समेत उल्टै चोरी भएका घटना छन्, यस्तो किन हुन्छ ?

हेर्दा उस्तै तर फेक फिसिङहरु आएको हुन्छ । तपाईँको इमेल अथवा कम्प्युटरबाट ह्याकरहरूले डाटा चोरी सकेपछि मेसेज पठाउँछ ,डाटा महत्वपूर्ण छ रिकभर गर्न चाहनुहुन्छ भनेर पैसा माग्छ, त्यस्तो ठाउँमा तपाईँ सचेत हुनुपर्‍यो। 

ह्याक भएको डाटा रिकभर गर्न कहिलेकािँ वर्षौँवर्षसम्म पनि लाग्छ। त्यसैले तपाईँ आफैँ सचेत हुनुपर्छ र सोच्नुपर्छ मैले पैसा तिरेर मेरो डाटा रिकभर गर्न सक्दिन ।  सामाजिक सञ्जालमा आएका विभिन्न लिङ्कहरूलाई ओपन गर्नु हुँदैन । नचिनेको मान्छेले पठाएको मेसेज अथवा इमेल हेर्नु भएन । यसबाट जोगिने सबैभन्दा राम्रो उपाय भनेको प्रयोगकर्ता आफैँ सजग हुनु हो । 


नेपालमा अप्टिकल फाइबरको अवस्था कस्तो छ, पर्याप्त छन् वा छैनन् ? 
नेपालमा अप्टिकल फाइबर दुई किसिमले पुगेको हुन्छ, एक पोलमा राखेर, अर्को  जमिनमुनि राखेर । नेपालमा विदेशसँग तुलना गर्न  सक्ने अवस्था छैन।  तर जडानको हिसाबले त्यति नराम्रो पनि छैन । कतिपय विकसित देशहरूमा पनि जडानको हिसाबले अप्टिकल फाइबर
नपुगेको हामीले देखेका छौँ।

नेपालमा अप्टिकल फाइबर पुग्दै नपुगेको भन्ने छैन । भनेजसरी जोड्न पनि सहज छैन किनकि गाउँघर‍तिर अथवा दूरदराजतिर अवस्था कठीन छ। गाउँघरतिर र हिमाली भेगमा अप्टिकल फाइबर पुर्‍याउन सम्भव पनि छैन  । हिमालतिर र उचाइमा हिउँले र चिसोले फाइबरको तार चुँडिन्छ । अब हिउँ र चिसोले नटुट्ने तार ल्याउन हाम्रो बजेटले भ्याउँदैन । त्यसको विकल्पका रुपमा तारसहितको जडान आवश्यक छ । 

साइबर सुरक्षाको समस्याबारे सरकारले नीतिगत रुपमा छलफल गर्न किन आवश्यक नठानेको हो ? 

सरकारले आफै छलफल गरेको बाहिर देखिएको छैन, तर गरेको पनि होला । सबैभन्दा पहिला त सरकार आफै सजग हुन पर्यो साइबर सुरक्षा के हो र किन चाहिन्छ । नेपालको सन्दर्भमा कुरा गर्दा सरकार भन्दा जनताको चेतना स्तर अगाडि छ ।

साइबरमा मात्रै नभएर हरेक कुरामा जनता भन्दा सरकारको पछौटेपन छ । त्यति मात्रै नभएर सरकारमा काम गर्नै कर्मचारीहरू पनि जनता भन्दा लाटा छन । तर यो सबैको हकमा लागू हुँदैन । कति कुराहरू थाहा पाएर पनि नीतिगत  एक्सनमा  लैजान समय लाग्छ होला । हामिले भने जस्तो सजिलो हुँदैन । तर जनताको जुन स्तरमा चेतना बढेको छ त्यो स्तरमा सरकारले साइबरको क्षेत्रमा काम गर्न सकेको छैन । साना साना प्रयासहरू भएका छन। 


साइबर सुरक्षाको सन्दर्भमा अन्य सरोकारवाला निकायको भूमिका कस्तो रहनुपर्छ?

 राज्य जिम्मेवारी भयो भने सबै कुराहरू राम्रा हुँदै जान्छन् । हामिले पहिल्यैदेखि देख्दै आएका छौ कि सरकारले  जिम्मेवार पूर्ण तवरले योगदान गरेको छैन । तर सरकारले सोच्न जरुरी छ।

साइबर सुरक्षामा नेपालका विद्यार्थीहरूले अन्तराष्ट्रिय क्षत्रमा राम्रो काम गरेका छन । हाम्रो राज्यले आफ्नो श्रोतहरूलाई चिन्न सकेको छैन । आफ्नो श्रोतलाई चिनेर साइबर सुरक्षा केन्द्र बनाएर हजारौं युवालाई सरकारले रोजगार दिन सक्छ। त्यो कसले सुरुवात गर्ने भनेर राज्यका निकायहरू जिम्मेवार छैनन। हाम्रो राज्य निरिह भएको छ । राज्य जिम्मेवार हुनुपर्छ

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?