माछापुच्छ्रे बैंकको सहायक कम्पनी ‘माछापुच्छ्रे सेक्युरिटीज’को उद्घाटन

माछापुच्छ्रे बैंकको सहायक कम्पनी ‘माछापुच्छ्रे सेक्युरिटीज’को उद्घाटन
+
-

काठमाडौं- माछापुच्छ्रे बैंकको सहायक कम्पनी माछापुच्छ्रे सेक्युरिटीज लिमिटेडको उद्घाटन भएको छ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले माछापुच्छ्रे सेक्युरिटीजको उद्घाटन गरेका हुन् ।

उद्घाटन पश्चात् आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष हमालले ब्रोकरले सरकारी कार्यालयको स्वीकृतबिना नै शाखा खोल्न सकिने व्यवस्था गरिएको बताएका छन् ।

‘ब्रोकरलाई शाखा खोल्नका लागि झन्झटमुक्त प्रणाली लागू गरिएको छ । अब हामीले कुनै सरकारी कार्यालय स्वीकृति लिन नपर्ने सिस्टम लागु गरेका छौ । १५ दिनभित्र अब ब्रोकरले शाखा बिस्तार गर्ने सक्छन् ।यसअघि ब्रोकर शाखा विस्तारका लागि १८-१९ महिना लाग्ने गरेको थियो। यसका साथै सरकारी कार्यालयबाट स्वीकृत लिन पनि झन्झट हुन्थ्यो तर, अब भने यस्ता सबै समस्याको अन्त्य गरिएको छ ।’

विभिन्न कानुनी प्रक्रिया र अदालतसँगको समेत सामना गरी यस्तो प्रणाली लागू गरिएको उनले बताए । आगामी दिनमा ब्रोकरको सेवा विस्तार र गुणस्तरमा सुधार हुने उनले दाबी गरेका छन् ।

पुँजी बजार सुधारका लागि यो एक नयाँ फड्को हुने र लगानीकर्ताको समस्या सहज र सरल रुपमा समाधान गर्न माछापुच्छ्रे सेक्युरिटीज सधैं अग्रसर हुने कम्पनीले जनाएको छ ।

कम्पनीको कार्यालय काठमाडौंको जमलमा रहेको छ । ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै देश दुरदराजसम्म शाखा विस्तार गरी सेवा दिने कम्पनीले प्रतिवद्धता जनाएको छ ।

यो सेक्युरिटिजमा माछापुच्छ्रे बैंकको पूर्ण स्वामित्व छ । सेक्युरिटिजले ब्रोकरको मात्र कारोबार गर्न अनुमति पाएको हो । कम्पनीको चुक्ता पुँजी २० करोड रुपैयाँ छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’