काठमाडौँ– सानिमा बैंक १९ वर्षमा प्रवेश गरेको छ।
बैंकले आफ्नो १९ औँ वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल तथा सामुदायिक प्रहरी सेवा केन्द्र–नक्साल, ब्लड डोनर एशोसिएसन नेपाल र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।
बैंकको मुख्य कार्यालय अगाडि रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
बिहीबार बिहान ११ बजेदेखि शुरु भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेलले सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरेका थिए । सानिमा बैंकको सातै प्रदेशमा हाल १३३ वटा कार्यालयहरु र १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

भर्खरै
लोकप्रिय






































































































































































































