काठमाडौँ– सामाजिक सञ्जालबाट ८ लाख ४ हजार ९ सय ८५ रुपैयाँ ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बाँकेको कोहलपुर नगरपालिका ७ बस्ने २५ वर्षका रमेश श्रेष्ठलाई काठमाडौँबाट प्रहरीले पक्राउ हो ।
फेसबुक, टिकटक र इन्स्टाग्रामको मार्केट प्लेसमा नाम राखी सस्तोमा आइफोन १२ प्रो, १३ प्रो जस्ता मोबाइलहरु बिक्रीमा राखी निवेदकहरूसँग अनलाइनमा च्याट गरी लगानी गर्न लगाई गिफ्ट दिने प्रलोभन र मोबाइल बिक्रीको झुट्टा विज्ञापन राखी ठगी गर्ने श्रेष्ठ पक्राउ परेका हुन्।
उनले पीडितहरूलाई डेलिभरीको सामान आइपुगेको भन्दै कस्टम चार्ज, डेलिभरी चार्ज र इन्सुरेन्स चार्ज जस्ता बिभिन्न प्रयोजनमा रकम तिर्नु पर्छ भनी पीडितलाई विश्वास दिलईइ बिभिन्न व्यक्तिहरूको नाममा रहेको बैंक खातामा रकम पठाउन लगाई लिई ठगी गरेकोले उनलाई पक्राउ गरेको प्रहरी प्रवक्ता एवं उपरीक्षक रविन्द्र रेग्मीले बताएका छन ।
उनलाई पक्राउ गरी प्रचलित कानुन बमोजिम ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु पठाइएको उपरीक्षक रेग्मीले बताए ।

भर्खरै
लोकप्रिय






































































































































































































