काठमाडाैँ- नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीति घट्दै गएकाले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर हेरफेर गरिएको बताएका छन्।
शुक्रवार ०८०/०८१को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक पछि गरेको पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्।
अधिकारीले कात्तिक महिनाको मुद्रास्फीति दर मौद्रिक नीतिको समीक्षामा फेवर हुने भएकाले नीतिगतदर हेरफेर गरिएको बताए। उनले केही दिनमा प्रकाशित हुने वर्तमान अर्थतन्त्रको तथ्यांकका सूचकहरुले पुष्टि हुने र राष्ट्र बैंक मुद्रास्फीति घटाउने विषयमा सचेत रहेको बताए।
उनले अहिले बजारमा कर्जाको माग बढाउनुपर्ने भएकोले पनि नीतिगत दरहरू घटाएको बताए। १० देखि १५ हजारसम्मको सानो आकारमा आन्तरिक रेमिट्यान्स मात्रै खुलाउने तयारी भएको पनि बताए।
गभर्नर अधिकारीले हुण्डी कारोबार बढेको भन्दै आन्तरिक रेमिट्यान्स सेवा नै बन्द गरिदिएपछि जनतालाई एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउन अप्ठयाराे हुँदै आएको गुनासो आएकाले सहजिकरण गर्न खोजिएको बताए।उनले राष्ट्र बैंकले अध्ययन गरेर नै नै रेमिट्यान्स सेवा बन्द गरेको बताए ।
सुरूमा १ लाखबाट घटाएर २५ हजार हुँदै बन्द गर्दा समस्या भएको विभिन्न एजेन्सीले गुनासो गरेकाले खुला गरिएको बताएका छन्। गभर्नर अधिकारीले २५ लाखसम्मको कर्जाको २ प्रतिशत प्रिमियमको भार बैंकहरुले बोक्नुपर्ने स्पष्ट पारेका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































