चिरान काठसहित दुई जना पक्राउ, प्रहरीलाई घुस दिने प्रयास

चिरान काठसहित दुई जना पक्राउ, प्रहरीलाई घुस दिने प्रयास
+
-

झापा- ट्रयाक्टरमा माटोले छोपेर चिरान काठ चोरी तस्करी गर्न खोज्ने दुई जना झापाको अर्जुनधाराबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा अर्जुनधारा ३ बस्ने ४० वर्षीय कृष्ण श्रेष्ठ र सोही ठाउँ बस्ने ३८ वर्षीय रोहित घतानी रहेका छन्।

शनिबार बिहान करिब ६ बजेको समयमा अर्जुनधारा ५ बाँसबारीस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मे १ त ८०५ नम्बरको ट्रयाक्टरलाई गोप्य सूचनाको आधारमा प्रहरी चौकी, शनिश्चरेबाट खटिएको टोलीले रोकी चेकजाँच गर्दा माटोले छोपेर ल्याउँदै गरेको ५ फिटको २ थान, ६ फिटको ११ थान, ७ फिटको १९ थान, ८ फिटको २० थान गरी जम्मा ५२ थान अन्दाजी ५४.५ क्युबिकफिट सखुवा जातको चिरान काठ फेला परेको थियो।

काठ ल्याउने श्रेष्ठ र घतानीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीलाई उनीहरूले ९५ हजार रुपैयाँ घुस दिन खोजेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ।

घुस दिन खोजेको नगद २ लाख ७० हजार मूल्य बराबरको काठ र ट्रयाक्टरसहित दुवैलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय, अनारमनीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

काठ, ट्रयाक्टर र दुवैलाई डिभिजन वन कार्यालय, झापामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?