काठमाडाैँ- अमेरिका पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
बर्दियाको मधुवन नगरपालिका ६ घर भई हाल ललितपुरको गोदावारी नगरपालिका १० बस्ने अभिषेक श्रेष्ठलाई शुक्रबार दिउसो ४ बजे ललितपुर लगनखेलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताएका छन ।
अभिषेकले नविन खड्कालाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भन्दै त्यसको लागि प्रतिव्यक्ति ३५ लाख रुपैयाँ लाग्छ र अमेरिका पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक ३ लाख रुपैयाँ तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी नपीडितबाट पटकपटक गरी जम्मा ८ लाख रकम लिई सम्पर्क विहीन भएका थिए।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार अभिषेकलाई पक्राउ गरेको उपरीक्षक रेग्मीले बताएका छन्।
थ प अनुसन्धान तथा कारवाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको रेग्मीले बताए।

भर्खरै
लोकप्रिय






































































































































































































