खतेड गाउँपालिकामा एकल महिला र दलित परिवारलाई साेलार प्यानल वितरण

खतेड गाउँपालिकामा एकल महिला र दलित परिवारलाई साेलार प्यानल वितरण
+
-

गमगढी- मुगु जिल्लाको खतेड गाउँपालिकाका एकल महिला र दलित परिवारलाई सोलार प्यानल वितरण गरिएको छ।

ब्याक टु फाइफ जर्मनको आर्थिक तथा मानव अधिकार तथा वातावरण विकास केन्द्र नामक एक गैरसरकारी संस्थाको सहजीकरणमा नि:शुल्क सोलार प्यानल वितरण गरिएको हो।

विद्युतकाे कुनै पनि प्रसारण लाइन नछोएको पश्चिम खतेड गाउँपालिकाभरिका ३ सय ५३ जना दलित र ७० जना एकल महिला गरी जम्मा ४ सय २३ घरलाई साेलार प्यानल सेट वितरण गरिएको हो।

रु २५ हजार मूल्य पर्ने ५० वाट क्षमताका सोलर प्यानल सेट पाएपछि दलित तथा एकल महिलाहरू खुसी भएका छन्।

संस्थाले हाम्रो दुःख बुझेर नि:शुल्क सोलार उपलब्ध गराउँदा सारै खुसी लागेको खत्याड गाउँपालिका- ९ का जयधर्म लावडले बताए।

साेलार प्यानलबाट पाँचवटा बत्ती बाल्न सकिने र मोबाइल चार्जसमेत गर्न सकिने बताइएको छ।

मुगुको दुर्गम खतेड गाउँपालिकामा बेलुका उज्यालोको लागि वर्षौंदेखि दियालो बाल्दै आएका खतेडका एकल महिला र दलित समुदायको लागि सोलार प्यानल प्राप्तिले ठूलो राहत मिलेको छ।

सोलार प्यानल सेट वितरणका लागि करिब एक करोडभन्दा बढी रकम लागत रहेको मानव अधिकार तथा वातावरण विकास केन्द्र, मुगुका प्रबन्धक नवराज रातले जानकारी दिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’