मुख्यमन्त्री कार्की सवार गाडीमा ढुंगा प्रहार गरेको आरोपमा पाण्डवलाल चौधरी पक्राउ

मुख्यमन्त्री कार्की सवार गाडीमा ढुंगा प्रहार गरेको आरोपमा पाण्डवलाल चौधरी पक्राउ
+
-

झापा- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमा ढुंगा प्रहार गरेको आरोपमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, झापाका अध्यक्ष पाण्डवलाल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रदेश १ पुनः नामाकरण संयुक्त संघर्ष समिति झापाका संयोजकसमेत रहेका चौधरीलाई अर्जुनधारास्थित घरबाट मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।

मुख्यमन्त्री कार्की सवार गाडीमाथि मंगलबार दिउँसो दमकमा पहिचानवादीहरूले ढुंगा प्रहार गरेका थिए।

कालो झन्डा देखाउने र तोडफोडमा चौधरीको संलग्नता देखिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले बताए।
घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको उनले जानकारी दिए।

आफ्नो घरको गेट र ढोका फुटाएर आफूलाई पक्राउ गरेको सामाजिक सञ्जालमार्फत चौधरीले बताएका छन्। उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमक लगिएको छ।

लागुऔषध नियन्त्रणसम्बन्धी एउटा कार्यक्रममा सहभागी बन्न दमक आइपुगेका बेला कोशी नामाकरणविरुद्ध असन्तुष्ट समूहले कार्की चढेको गाडीमाथि ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ।

मुख्यमन्त्रीलाई स्कर्टिङ गरिरहेको प्रहरीको गाडी मोडिनेबित्तिकै सगरमाथा पेट्रोल पम्पअगाडि कालो झन्डा बोकेर बसेका आन्दोलनरत समूहले ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ। ढुंगा प्रहारबाट मुख्यमन्त्री सवार गाडीको सिसा फुटेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?