
काठमाडौँ – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चेक प्वाइन्टबाट सुनजस्तो देखिने धातुसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका–२ का हितेस कुमार साह र भारत पञ्जाबका तर्सिम सिंह रहेका छन्।
शुक्रबार बिहान सवारीसाधन जाँच गर्ने क्रममा वीरगञ्जबाट आउँदै गरेको बा प्र ०३–००१ ख १७२७ नम्बरको बसमा सवार साहलाई जुत्ताभित्र लुकाइ ल्याएको करिब ४ सय ५० ग्रामको सुनजस्तो देखिने धातुको ब्रास्लेट ९ थानसहित पक्राउ गरिएको हो।
यस्तै, ना ५ ख ६२१७ नम्बरको बसमा सवार सिंहलाई झोलाभित्र लुकाइ ल्याएको करिब ४० ग्राम सुनजस्तो देखिने धातुसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।