
काठमाडौँ – काठमाडौँको जुकोट दरबार थकाली रेस्टुरेन्टले सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने भएको छ।
आइतबार बैंक र रेस्टुरेन्ट बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो।
बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले जुकोट दरबार थकाली रेस्टुरेन्ट एण्ड लाउन्जमा १५% सम्मको आकर्षक छुट पाउनेछन्।
यस सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको जनाएको छ।