पिकअप भ्यानमा आगजनी गरेको आरोपमा झापाबाट एक जना पक्राउ

पिकअप भ्यानमा आगजनी गरेको आरोपमा झापाबाट एक जना पक्राउ
+
-

झापा – इलामको रोङ गाउँपालिका –४ किटेनीस्थित मेची राजमार्गमा पराल बोकेको पिकअप भ्यानमा आगजनी गरेको आरोपमा बुलेट किराँती भनिने अन्जेश राईलाई प्रहरीले पक्राउ गरेको छ।

बुद्धशान्ति–४ का राईलाई जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार अर्जुनधारा –११ नयाँ बसपार्कबाट पक्राउ गरेको हो।

उनी प्रदेशको पुनः नामाङ्कन संयुक्त संघर्ष समितिका बुद्धशान्ति संयोजक, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ, अभियानअन्तर्गत नागरिक युवा दस्ताका मेचीनगर संयोजक भएको बुझिएको छ।

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको आह्वानमा कोशी प्रदेशमा यातायात बन्दको अवज्ञा गरेको भन्दै शनिवार पराल बोकेको मे १ ज ११४० नम्बरको पिकअप भ्यानमा गाडीमा आगजनी गरिएको थियो। आगजनीमा संलग्नहरूको हुलियाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय पशुपतिनगर इलाम लगिएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?