
उमाकान्त खनाल
पुस ४, २०८०
अ
+
अ
अ
-
झापा- धान झार्न लगाइएको थ्रेसरमा च्यापिएर झापा गाउँपालिकामा एक व्यक्तिको मृत्यु भएको छ।
बुधबार बिहान करिब ५ बजेतिर झापा गाउँपालिका वडा नं २ सुगाबथान बस्ने ५७ वर्षीय नुनुवा टुडूको थ्रेसरमा च्यापिएर मृत्यु भएको हो।
चन्द्रदेव राजवंशीको प्र १-०१-००१ त ८०९२ नम्बरको ट्रयाक्टरबाट टुडूले आफ्नै धानको कुन्यूमा थ्रेसर लगाएका थिए।
थ्रेसरमा परेर उनको शरीर टुक्राटुक्रा भएको प्रहरीले जनाएको छ। घटनापछि चालक फरार रहेको बताइएको छ।

