
काठमाडाैँ – चौथो नेपाल फाइभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी तथा नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रर्दशनी बिहीबारबाट सुरु हुने भएकाे छ।
विगतका वर्षहरुझैं यस वर्ष पनि पुस ५ गतेदेखि ७ गतेसम्म काठमाडौँकाे भृकुटीमण्डपमा प्रर्दशनी गर्न लागिएकाे आयाेजकले जनाएकाे छ। यस प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १०० भन्दा बढी स्टलहरु रहने छन्।
नेपालका विभिन्न उद्योगलाई जोड्न, सम्बन्ध निर्माण गर्न र व्यापार अवसरहरू बढाउनका लागि यो प्रदर्शनीले केन्द्रीय भूमिका निर्वाह गर्ने आयाेजकले जानकारी दिइएकाे छ।
मिडिया स्पेस सोलुसन्स प्रा.लि, फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रा. लि. र एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रा.लिले उक्त प्रर्दशनी गर्न लागेका हुन्।
नेपाल फर्मा र हेल्थ प्रदर्शनीले स्थानीय औषधि, चिकित्सा र स्वास्थ्य सेवा उद्योगका लागि सञ्जालको काम पनि गरी औषधोपचारको क्षेत्रमा नयाँ आविष्कारदेखि नयाँ औषधिको विकाससम्मको विश्वव्यापी नवीनता प्रविष्ट गराउने आयोजकको दाबी छ।
प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ् मेसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ, इन्डक्सन मोल्डिङ मेसिन, प्रिन्टिङ मेसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मेसिनरी, प्रिन्टिङ स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मेसिनरी, सबै खालका कागज र स्पेर पार्टस, प्याकेजिङ् मेसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादकलगायतका संस्थाहरुको सहभागिता रहने छ।
प्रदर्शनीमा जान चाहनेहरूलाई प्रवेश नि:शुल्क गरिएको छ।