कहिले सस्तो हुन्छ प्याज?

कहिले सस्तो हुन्छ प्याज?
+
-

काठमाडौँ–उपभोग्य बस्तुको बजार भाउ आकासिँदा उपभोक्ताको भान्सा महङ्गो बनेको छ। छाक टार्न अत्यावश्यक तरकारीको भाउ ज्यादै महङ्गो बन्दा उपभोक्ता मर्कामा परेका छन् भने यसको प्रयोग नै घटाएका छन्। मूल्य सुनेरै तर्सिने गरेको उपभोक्ताको गुनासो छ।

पछिल्ला केही हप्ता यता बजारमा प्याजको मूल्यले आकाश नाघ्दा अत्यावश्यक प्याजको समेत प्रयोग घटेको छ। उपभोक्ताको जस्तै गुनासो, व्यापारी र कृषकको पनि छ। उपभोक्ताले व्यापारीसँग गुनासो गर्दै गर्दा व्यापारीले सरकार र सम्बन्धित निकायलाई ताकेता गर्छ तर समस्या जहाँको तहिँ रहन्छ।

अहिले प्याज महंगो भएर उपभोक्ताले मूल्य मात्रै सोधेर फर्किने गरेका छन्। बजारमा १ किलो प्याजको १४५ देखि १६० रुपैयाँसम्म पुगेको छ। केही समय अघि ४५ रुपैयाँ किलोमा पाइने प्याजको मूल्य सुन्दा अहिले उपभोक्ता तर्सिनुपर्ने अवस्था आएको छ।

काठमाडौँको बल्खुमा रहेको तरकारी बजारमा १४५ देखि १६० रुपियाँसम्ममा प्याज बिक्री गरिरहेको व्यापारी शिव श्रेष्ठले बताए।

भारतबाट प्याज आउने भएपछि कर बढी भएर नै १५० पुगेको उनी बताउँछन्। सरकारले नेपाली किसानलाई राहत दिएको भए नेपालीले नै उत्पादन गरेपछि मात्रै प्याजको मूल्य कम हुने उनले बताए। सरकारले खेती गर्ने समयमा मल नल्याउँदा किसानहरूले खेती गर्न छाडिसकेको हुनाले सबै कुरा बाहिर बाट निर्यात गर्दा महङ्गो हुने उनले बताए।

नेपाल कृषि उपज आलु प्याज आयात–निर्यात तथा थोक बिक्रेता संघका महासचिव प्रकाश गजुरेलले भारतबाट प्रतिबन्ध हुनुभन्दा पहिले कर बढी भएर मात्रै प्याज महंगो नभई अन्य कारण पनि भएको बताए। उनले भने, ‘भारतबाट प्याज ल्याउँदा नेपालले कृषि सेवा शुल्क ९%,अग्रिम आयकर १.५% र १३% भ्याट गरी २२.५% कर भएकोले महंगो हुन गएको हो। तर ४०% कर चाहिँ भारतले लगाएको कुरा सत्य होइन।’

भारतमा पनि प्याजको मूल्य महंगो भएका बेला आन्तरिक उपभोक्तालाई सहज बनाउनको लागि बाहिर पठाउनेलाई लाग्ने र भारतमा नलाग्ने भएको थियो। त्यतिबेला ४०% कर लगाएको महासचिव गजुरेलले बताए।

प्याज किन्न आएका अर्का एक ग्राहकले पनि महङ्गीले गर्दा प्याज कम प्रयोग गर्न थालेको बताउँछन्। पहिला १ किलो प्याज आउने मूल्यमा अहिले आउँदा किलो आउने भएकोले प्याज कम मात्रामा प्रयोग गर्न थालेको उनले बताए। अझ उच्च मात्रामा प्याज बढे भान्सामा प्याजको प्रयोग नै नगर्ने ती ग्राहकले बताए। अर्का व्यापारीले प्याज बजारमा अभाव हुँदै गएकोले महङ्गो हुन गएको बताए। कर बढी भएर र नेपालमा उत्पादन नहुँदा सबै भारतबाट आएकोले पनि प्याज महङ्गो भएको बताए।

अभाव हुँदै गएपछि नेपालले चीनबाट पनि प्याज मगाउन थालेको छ।

चीनबाट आएको प्याज किलोको १२० मा बेचेको बल्खु तरकारी बजारका ब्यापारी व्यापारी शिव श्रेष्ठले बताए। संघका महासचिव गजुरेलले भने आफूले चीनबाट आएको प्याज बजारमा देखेको तर मूल्य थाहा नपाएको बताए।

चीनसँग लसुन र फलफूलहरुको काम गर्ने व्यापारीहरुले ल्याएको र उनिहरुले आफ्नो हिसाबले बिक्री वितरण गरेको हुनाले आफूलाई थाहा नभएको तथा मूल्य बुझ्न नभ्याएको उनले बताए।  उनले भने, ‘एउटा ट्रक आएको छ रे अरु पनि लोड भएर हिउँको कारणले रोकिएको हामीले थाहा पाएका छौँ। २५ टन जति आइपुगेको छ। अरु २,३ ट्रक चाहिँँ आउँदै छ।’

आलु र प्याज मात्रै बिक्री गर्ने धिरेन्द्र मुखिया भन्छन्, ‘चाइनाबाट आएको प्याज भान्सामा भन्दा बढी होटल र रेस्टुरेन्टमा बिक्री हुन्छ. चाइनाबाट आएको प्याज भारतबाट आएको जस्तो सारै राम्रो त हुँदैन, अलि गिलो हुन्छ त्यसैले होटलहरूमा बढी बिक्री हुन्छ। सस्तो त हुन्छ तर पानी बढी हुन्छ त्यसैले गिलो हुन्छ।’

चीनबाट प्याज आउन पनि कहिले समय लाग्ने र आएपनि खासै राम्रो नहुने अनि चीनबाट आउँदा आउँदै भारतबाट आयो भने चीनको प्याज बजारमा बिक्री हुन समस्या हुने भएकोले अहिले तिव्र रुपमा छलफल नभएको उनले बताए। भारतबाट प्याज आयो भने चीनको प्याजले बजार नपाउने उनको भनाइ छ।

कालीमाटी तरकारी बजारका सूचना अधिकारी विनय श्रेष्ठ भन्छन्, ‘हाम्रो बजारमा पनि चीनको प्याज ७–८ सय किलो आएको देखिन्छ। ठुलो लटमा भित्रिएको छैन। अब दैनिक २०–२५ टन आएको छ। त्यो पनि भारतबाट धेरै जस्तो आएको हो। व्यापारीहरुको आफ्नो चिनजान भएर ल्याएका छन्। धेरै भाग भारतबाट आएको छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?