रविको आरोपः भ्रष्टाचारको फाइल खुल्यो, छोराछोरीको नाम आएपछि बन्द !

रविको आरोपः भ्रष्टाचारको फाइल खुल्यो, छोराछोरीको नाम आएपछि बन्द !
+
-

पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारका फाइल खुलेको सरकारले आफ्नै छोराछोरीको नाम आएपछि बन्द गरेको टिप्पणी गरेका छन्। उनले फाइल खुलेपछि अन्तिम पन्नामा पुगेर मात्रै बन्द गर्न चुनौती दिए।

विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन भित्रिँदा सरकारले आफूले राम्रो काम गरेको हिसाब मिलाउन तल्लीन रहेको लामिछानेको आरोप छ।

‘अब एक वर्ष पुग्न लाग्यो अहिले प्रधानमन्त्री सरकार हामीले यो–यो राम्रो काम गर्‍यौँ भनेर भाषणको खाका तयार पारेर बसेका छन्। सुनाउँछन् एक दुई दिनपछि यसो गर्‍यौं उसो गर्‍यौं। हामीले फाइल खोल्यौं’, उनले भने, ‘फाइल त खुल्यो, खुल्नेबित्तिकै बन्द पनि भयो। यसो हेरेको आफ्नो छोराछोरीको नाम आयो, बन्द। त्यही भयो फाइल। फाइल खुलेपछि बन्द गर्न सक्ने आँट राख्नुपर्छ एक पन्नामा होइन अन्तिम पन्नामा पुगेर।’ उनले रास्वपाको हरेक नेतासँग आँट भएको दाबीसमेत गरे।

तनहुँको भिमादमा भएको खुलासभालाई बिहीबार सम्बोधन गर्दै लामिछानेले अबको ४ वर्ष पुराना दलले देश बनाउने काम गर्न चेतावनी दिए। तर, जेल गएकालाई कसरी निकाल्ने र जान सक्ने सम्भावना भएकालाई कसरी जोगाउने पुराना दलको ४ वर्ष सेटिङ मिलाउनमै केन्द्रित हुने उनको भनाइ छ।
‘यत्रो वर्ष देशलाई भ्रष्टाचारको चंगुलमा हाले। अब बाँकी केही मान्छे जो जेल जान पाएका छैनन् तिनलाई कसरी बचाउने ? जेल गएकालाई कसरी छुटाउनेबाहेक यो ४ वर्ष उनीहरूको अर्को ध्यान हुने छैन लेखेर राख्नुहोला’, लामिछानेको दाबी छ। आफूलाई गलत प्रमाणित गरे घरकै घण्टी भएर बस्न तयार रहेको उल्लेख गरे।

देशको गुहेगुज्रिएको हालत दिनानुदिनको भ्रष्टाचार र लाजै नपचाई माला–खादाले पुरिएर हिँडेका नेताका अनुहार हेर्न नसकेर आफूहरू राजनीतिमा होमिएको उनले सुनाए।

‘यो खेल बदलिन्छ। यो देशमा परिवर्तन सम्भव छ’, ठोकुवा गर्दै उनले भने, ‘तर आँट गर्नुपर्छ। डराउनुहुन्न, पुच्छर लुकाउनुहुन्न। छाती चौडा पारेर शिर ठाडो पार्नुपर्छ, आँखामा आँखा जुधाउनुपर्छ। नबिराउनु, नडराउनु…।’ उनले पहिलो पटक नै अत्यधिक विश्वास गरेका जनताले बीच बाटोमा छाड्ने अधिकार नभएको भन्दै इमोसनल ब्ल्याकमेल गर्न भ्याए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?