कृषि नेपालको मुख्य संस्कृति हुनुपर्छ: सभामुख पाठक

कृषि नेपालको मुख्य संस्कृति हुनुपर्छ: सभामुख पाठक
+
-

काठमाडौँ– बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले कृषि नेपालको मुख्य संस्कृति हुनुपर्ने बताएका छन्। खाद्यका लागि कृषि अभियानले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सुझाव दिने उद्देश्यले छलफल गर्न आयोजना गरेको‌ कार्यक्रममा उनले यस्तो बताएका हुन्।

विधेयक वाग्मती प्रदेश सभामा विचाराधीन रहेको अवस्थामा छलफल भएको उक्त कार्यक्रममा बाग्मती प्रदेश सभाका सभामुख भुवनकुमार पाठक र प्रदेशका मन्त्री तथा अन्य सांसदको उपस्थिति थियो।

यसैगरी अभियानको तर्फबाट कृषि तथा भूमि क्षेत्रका अभियन्ता, किसान, नागरिक समाज कृषि पत्रकार, कृषि विद्यार्थी, प्राध्यापकलगायतको उपस्थिति थियो।

अभियानका संयोजक उद्धव अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुख्य आतिथ्यता बागमती प्रदेश सभामुख भुवन पाठकले गरेका थिए।

राष्ट्रिय कृषक समूह महासंघकी महासचिव रीता वास्ताकोटीले खाना, खेतीपातीको क्षेत्रमा रहेका बर्तमान संकटहरु माथि प्रकास पार्दै, दिगो कृषिमा आधारित विकेन्द्रित कृषि संरचना र आयात प्रतिस्थापनमा जोड दिएकी थिइन्।

विधेयक माथिको नागरीक प्रस्तावना पेश गर्दै खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले कृषि प्रधान देश भए पनि देशले धेरै कुरा गुमाउँदै गएको फेहरिस्त पेस गर्दै मौजुदा विधेयकले पनि विधेयकको प्रस्तावनाबाटै सोही बाटो पहिल्याउन लागेकाले समय छँदै संशोधनका लागि सम्बन्धित समितिका माननीयलाई नागरिकको तर्फबट ध्यानाकर्षण गराउनुपरेको बताए।

सभामुख पाठकले बिकास गाउँमा पुग्दैगर्दा युवा बिदेशमा पुग्ने अवस्थाको अन्त्य कृषि बाटनै सम्भव रहेकोले उत्पादनमुलक शिक्षा मार्फत तुलनात्मक लाभका बाली बस्तुहरुमा अध्ययन अनुसन्धान र रोजगार खोजिनुपर्नेमा जोड दिए।

उनले कानुन बन्ने प्रकृयामा केही त्रुटि हुनेगरेको तर्फ इंगित गर्दै बिषेश गरी हामी जनताका प्रतिनिधिहरू कार्यान्वयन योग्य नीति बनाउन चनाखो बन्नुपर्ने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?