प्रधानमन्त्री प्रचण्डलाई पहिचानवादीको चेतावनी

प्रधानमन्त्री प्रचण्डलाई पहिचानवादीको चेतावनी
+
-

झापा-प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार मोरङको मिक्लाजुङ आउने भएका छन्। नेकपा माओवादी केन्द्रले संचालन गरेको तीन महिने पार्टी रुपान्तरण अभियान अन्तर्गत आयोजित सभालाई सम्बोधन गर्न प्रचण्ड मिक्लाजुङ आउने भएका हुन्।

माओवादी केन्द्रको मिक्लाजुङ गाउँपालिका कमिटीको आयोजना इलाम जिल्लाको सीमा क्षेत्र मिक्लाजुङको वडा नम्बर ५ मा कार्यक्रम हुने भएको हो।

अभियानअन्तर्गत अध्यक्ष दाहाल सातवटै प्रदेशका ७ वटा वडामा जाने योजनाअनुसार कोशी प्रदेशअन्तर्गत मिक्लाजुङ गाउँपालिका आउने भएका हुन्।
मिक्लाजुङमा प्रधानमन्त्री दाहालले जनतासँग प्रत्यक्ष साक्षात्कार गर्ने बताइएको छ ।

‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने मुल नाराका साथ आमसभा आयोजना गरिने भएको छ। आमसभामा दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसैबीच प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति मोरङले दाहालको कार्यक्रममा प्रदेशका मन्त्री र सांसदहरुलाई सहभागी नगराउन आग्रह गरेको छ।
संघर्ष समितिका अध्यक्ष रामभक्त कुरुम्बाङ, सचिव जयराज संयोग लिम्बूले विज्ञप्ति जारी गर्दै आफ्नो आग्रहलाई अस्वीकार गरिए कालो झण्डासहित विरोध प्रदर्शन गर्न बाध्य हुने चेतावनी दिएका छन्।

माओवादी केन्द्रले भने अध्यक्ष दाहाल आउने कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न गर्न प्रदेशका मन्त्री र सांसदहरु सहभागी नगराउने जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?